May 5, 2024, Sunday
२०८१ बैशाख २३, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
आफ्नै सालो अपहरण गर्ने युवा पक्राउ

आफ्नै सालो अपहरण गर्ने युवा पक्राउ

भाद्र १३, नेपालगञ्ज । बालक अपहरण गरि फिरौती माग्ने युवा पक्राउ परेका छन् । आफ्नो सालोलाई अपहरण गरि १० लाख फिरौती माग्ने भिनाजुलाई जिल्ला प्रहरी कार्यालय बाँकेले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी ओमबहादुर रानाका अनुसार खजुरा गाउँपालिका वडा नं. ५ रजवनाका १३ बर्षीय बालक इसाहक (जाकिर) भन्ने इन्तजार खांलाई आफ्नै भिनाजु नेपालगञ्ज १६ जयसपुरका २७ बर्षीय कल्लु भनिने कलिमले अपहरण गरेर १० लाख फिरौतीका लागि आफ्नै घरमा बन्धक बनाएको प्रहरीले जनाएको छ ।

Advertisement

भदौ ९ गते खजुराबाट मोहर्म हेर्न गएको बेला भिनाजुले अपहरण गरेको र भदौ ११ गते फुपुको घर बुढिया गाउँमा छोडेपछि प्रहरीले उद्धार गरि नियन्त्रणमा लिएको थियो ।

पीडितको बुबाले जग्गा खरिद गर्ने रकमका बारेमा जानकारी पाएपछि कलिमले अपहरण गरेको रहस्य खुलेको प्रहरीले जनाएको छ । बालक अपहरण भएको र खोजतलास भैरहेको भन्ने खबरको आधारमा बाँके प्रहरीले खोजतलास गरेर पीडित बालकको उद्धार गरि अपहरणकारीलाई पक्राउ गर्न सफल भएको एसपी रानाले बताउनुभयो ।

एसपी रानाले भन्नुभयो,” अपहरणमा प्रयोग भएको भे ४ प २३४४ नं. को सुजुकी मोटर साइकल थान १ र फिरौती माग गर्न प्रयोग गरिएको मोबाईल १ थान बरामद गरिएको प्रहरीले शुक्रवार पत्रकार सम्मेलन गरि जानकारी गराएको छ ।

अपहरणकारीलाई मुलुकी एेन २०७४ को परिक्षेद १७ को अपहरण वा शरिर बन्धक सम्बन्धी कसुरको दफा २१३ बमोजिम ७ बर्ष देखि १० बर्षसम्म कैद र ७० हजार देखि १ लाखसम्म जरिवाना हुने ब्यवस्था रहेको बताईएको छ ।