May 3, 2024, Friday
२०८१ बैशाख २१, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
वीरगन्जमा प्रहरी र डाक्टरसहित ५० जनामा कोरोना पुष्टि

वीरगन्जमा प्रहरी र डाक्टरसहित ५० जनामा कोरोना पुष्टि

भाद्र १३, वीरगन्जस्थित वडा प्रहरी कार्यलय बिर्ताका प्रहरी निरीक्षक र महिला डाक्टरसहित ५० जनामा कोरोना पुष्टि भएको छ ।
वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा शुक्रबार राति गरिएको पीसीआर परीक्षणमा थप ५० जनामा कोरोना संक्रमण देखिएको हो ।

संक्रमित हुनेमा ५ महिला र ४५ पुरुष गरी ५० जना रहेको नारायणी कोभिड अस्पतालका चिकित्सक डा उदय नारायण सिंहले जनाए । उनका अनुसार शुक्रबार प्रयोगशालामा ४४३ जनाको स्वाबको नमुना परीक्षण गर्दा ५ महिलासहित ५० जनामा सङ्क्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा मा १५ वर्षका किशाेरदेखि ५६ वर्षका वृद्धसम्म रहेका छन् ।

Advertisement

थपिएका ५० जना संक्रमितमध्ये पर्साका ३१ जना, बाराका ८ जना, धनुषाका ४ जना, महोत्तरीका ३ जना, सर्लाहीका २ जना , रौतहटका १ जना र काठमाडौंका १ जना रहेका छन् ।

पर्साको वीरगञ्ज महानगरपालिका, पोखरिया नगरपालिका र कालिकामाई गाउँपालिकाका गरी ३१ जनामा संक्रमण देखिएको हाे ।