May 12, 2026, Tuesday
२०८३ बैशाख २९, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
कोरोना महामारी सुरु भएपछि इजिप्टमा पहिलो पटक मस्जिद खुल्यो

कोरोना महामारी सुरु भएपछि इजिप्टमा पहिलो पटक मस्जिद खुल्यो

भदौ १३, इजिप्टमा कोरोना भाइरस महामारीलाई रोक्नको लागि लगाइएको तालाबन्दीपछि पहिलो पटक देशका ठूला मस्जिदका ढोकाहरू जनताको लागि खोलिएको छ ।महामारीको कारण इजिप्टको सबै मस्जिद मार्च महिनादेखि बन्द भएको थियो । मस्जिदहरू खोलेपछि ठूलो संख्यामा मानिसहरू मस्जिदहरूमा गएर प्रार्थना गर्न सुरु गरेको जनाइएको छ। उनीहरुले सामाजिक दूरी बनाउनुको साथै मास्क लगाएको बताइएको छ।नामाज पढ्नका लागि मानिसहरूलाई उनीहरूको पानाहरूलाई कीटाणुमुक्त गर्न लगाइ नमाज पढ्नका लागि १० मिनेट समय दिइएको बीबीसीमा उल्लेख छ। काहिराको अल–अजहर मस्जिदका सुपरभाइजर अब्दुल मुनिम फाउदले भने कि मसजिद अब बन्द नहुने आशा गरेका छन्।

उनले भने, ‘हामी यस्तो बेलामा छौं जब हामीलाई अल्लाहले हाम्रो प्रार्थना सुन्न आवश्यक छ। मानिसहरूले यस कठिन समयको अन्त्यका लागि प्रार्थना गरिरहेका छन्।’

Advertisement