May 14, 2024, Tuesday
२०८१ जेष्ठ १, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
पाटन अस्पतालमा तीन जना कोरोना संक्रमितको निधन

पाटन अस्पतालमा तीन जना कोरोना संक्रमितको निधन

काठमाडौं – ललितपुरको पाटन अस्पतालमा तीन जना कोरोना संक्रमितको निधन भएको छ। 

शनिबार दिउँसो महोत्तरीकी ६२ वर्षीया महिला र शनिबार राति भैरहवाका ५७ वर्षीय पुरुष र ललितपुरका २९ वर्षीय पुरुषको निधन भएको अस्पतालका निर्देशक डाक्टर रवी शाक्यले जानकारी दिए।  शाक्यका अनुसार  मृत्यु हुनेमा ललितपुरस्थित पाटनका २९ वर्षीय युवक, भैरहवाका ५१ वर्षीय पुरुष र जलेश्वरकी ६२ वर्षीया महिला रहेका छन्। 

Advertisement

भैरहवाको पुरुषको शनिबार साँझ ७ बजे र पाटनका युवकको राति १० बजे मृत्यु भएको बताए।  जलेश्वरकी महिलाको भने शनिबार दिउँसो १ बजेर ३० मिनेटमा मृत्यु भएको थियो।  अस्पतालका अनुसार पाटनका युवक र भैरहवाका पुरुष किड्नीका विरामी थिए।

जलेश्वरकी महिलामा भने रगतमा समस्या रहेको थियो।