May 18, 2024, Saturday
२०८१ जेष्ठ ६, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
केन्द्रीय कारागारका ५० कैदी र ५० सुरक्षाकर्मीमा कोरोना सङ्क्रमण

केन्द्रीय कारागारका ५० कैदी र ५० सुरक्षाकर्मीमा कोरोना सङ्क्रमण

काठमाडौँ – सुन्धारास्थित केन्द्रीय कारागारका ५० जना कैदीबन्दी र ५० जना सुरक्षाकर्मीसहित एक सयजनामा कोरोना सङ्क्रमण देखिएको छ ।

मुलुकको पुरानो र सबैभन्दा बढी कैदीबन्दी रहेको सो कारागारमा उच्च स्वास्थ्य तथा सुरक्षा सतर्कता अपनाउँदा–अपनाउँदै पनि कोरोना सङ्क्रमण देखिएको कारागार व्यवस्थापनले जनाएको छ ।

Advertisement

केन्द्रीय कारागार जगनाथदेवल प्रमुख लक्ष्मीप्रसाद बास्कोटाले ५० जना कैदीबन्दी र ५० जना सुरक्षाकर्मी गरी एक सय जनामा कोरोना सङ्क्रमण देखिएको बताउनुभयो ।

तर, अधिकांश सङ्क्रमितमा लक्षण देखिएको छैन । ‘दुई जनालाई सात दिनमै निको भइसक्यो’ उहाँले भन्नुभयो, लक्षण देखिएकालाई अस्पताल तथा आइसोलेसन केन्द्रमा लैजाने र सामान्यलाई कारागारमै राखेर योगा तथा घरेलु उपचार विधि अपनाई उच्च मनोबलका साथ प्रतिरोधात्मक क्षमता विस्तार गर्ने कार्य भइरहेको छ ।