May 5, 2024, Sunday
२०८१ बैशाख २३, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
को थिइन् ? ७ महिनासम्म भाेक हडताल जारी राख्द मृत्यु भएकी इब्रु तिम्तिक

को थिइन् ? ७ महिनासम्म भाेक हडताल जारी राख्द मृत्यु भएकी इब्रु तिम्तिक

काठमाडौं – जनताकाे पक्षमा आवाज उठाउँदा मृतवरण भएकी मानवाधिकारकर्मी इब्रु तिम्तिककाे संसारभरि चर्चा चुलिएकाे छ । संसारभरिका न्यायप्रेमी जनताले उनीप्रति श्रद्धाञ्जली दिएका छन् ।
सरकारका गलत कामविरुद्ध आन्दाेलनमा उत्रिएकी तिम्तिक काे हुन त ?

इब्रु तिम्तिक एक मानव अधिकारवादी वकिल थिईन । उनको जन्म सन 1978 मा एक कुर्दिस परिवारमा भएको थियो ।

Advertisement

सेप्टेम्बर, 2017 मा टर्की सरकारले 18 वकिल हरूलाई पक्राउ गर्‍यो । पक्राउ पर्ने सबै प्रगतिशील वकील संघ वा पीपुल्स law ब्यूरोका सदस्य थिए जसले मुख्यतः सरकारी दमन र उत्पीडनको विरुद्ध निरन्तर मानव अधिकारको पक्षमा जनताको आवाजको प्रतिनिधित्व गर्दथे । जस मध्य इब्रु तिम्तिक पनि एक थिईन ।

मार्च, 2019 मा इब्रु सहितका वकिलहरुलाई त्यहाँको सरकारले प्रतिबन्ध लगाएको पार्टी क्रान्तिकारी पीपुल्स लिबरेशन पार्टी/फ्रन्टको सदस्य भएको आरोप लगाउदै अदालतले तिम्तिकलाई १३ वर्ष ६ महिना लामो जेल सजाय सुनाएको थियो । निष्पक्ष अदालतको माग राख्दै जनवरी 2, 2020 देखि इब्रु भोक हडतालमा थिइन । उनको हड्तालमा aytaç ünsal ले पनि फेब्रुअरी २ देखि भोक हड्ताल गर्दै आएका छन जसलाई यहि आरोपमा १० वर्ष ६ महिना लामो जेल सजाय सुनाईएको छ ।

२३८ दिन लामो भोक हडताल पश्चात इस्तानबुल हस्पिटलमा 27 अगस्ट मा उनको मृत्यु भएको हो ।
टर्कीमा यो वर्ष मात्रै भोक हडताल बाट मर्ने इब्रु चौथो बन्दि हुन । यस अघि पनि भोक हडतालको कारण जनप्रीय गायक हरु हेलिन बोलेक, इब्राहिम गोकेक र मुस्तफा कोकाकको मृत्यु भएको थियो ।