May 13, 2024, Monday
२०८१ बैशाख ३१, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
नेपालमा सोमबार कोरोनाबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या २२८ पुग्यो

नेपालमा सोमबार कोरोनाबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या २२८ पुग्यो

काठमाडौं- नेपालमा सोमबार थप ७ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या २२८ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

Advertisement

यसअघि आइतबार कोरोनाले एकैदिन ४ महिला र १० पुरुष गरी १४ जनाको मृत्यु भएको थियो । जसमा सुनसरीकी ७४ वर्षीय महिला, बाराकी ४७ वर्षीया महिला, महोत्तरीकी ६२ वर्षीया महिला र काठमाडौंकी ७२ वर्षीया महिला थिए । त्यसैगरीरी सुनसरीका ६० वर्षीय पुरुष, मोरङका ६२ वर्षीय पुरुष, महोत्तरीका ७० र ३५ वर्षीय पुरुष, रौतहटका ३० वर्षीय पुरुष, ललितपुरका २९ वर्षीय पुरुष, भक्तपुरका ६५ वर्षीय पुरुष, नवलपरासीका ६२ वर्षीय पुरुष र रुपन्देहीका ५७ र ६७ वर्षीय पुरुष रहेका थिए ।

यसअघि शनिबार ३ जना महिला र ९ जना गरी १२ जनाको कोरोनाले मृत्यु भएको थियो । जसमा पाल्पाकी ३० वर्षीया एक महिला, काठमाडौंकी ५१ वर्षकी एक महिला, भक्तपुरकी ६२ वर्षकी एक महिला, पर्साका ४८ र ४९ वर्षका २ जना पुरुष, सिरहाका ८४ वर्षका एक पुरुष, गोरखाका ३८ वर्षका एक पुरुष, कास्कीका ५८ वर्षका एक पुरुष, काठमाडौंका ८३ वर्षका एक पुरुष, ललितपुरका ७२ र ६१ वर्षका २ जना पुरुष र भक्तपुरका ८२ वर्षका पुरुष थिए ।

यसअघि शुक्रबार पनि कोरोनाले १२ जनाको मृत्यु भएको थियो । मोरङकी ५६ र ६५ वर्षीया २ महिला, भक्तपुरकी ६४ वर्षीया महिला, मकवानपुरकी ७१ वर्षीया महिला थिए । त्यसैगरी उदयपुरका ५२ वर्षीय पुरुष, पर्साका ७२ वर्षीय पुरुष, धनुषाका ४५ वर्षीय पुरुष, सिरहाका ५५ वर्षीय पुरुष, झापाका ८३ वर्षीय पुरुष, चितवनका ५१ वर्षीय पुरुष, कास्कीका ५२ वर्षीय पुरुष र रुपन्देहीका ६० वर्षीय पुरुष थिए ।

बिहीबार कोरोनाका कारण ८ जनाको मृत्यु भएको थियो । जसमा काठमाडौंका ४८ वर्षका एकजना पुरुष, ललितपुरकी ६५ वर्षकी एक महिला, बाराका २३ वर्षकी एक महिला, पर्साका ६२ वर्षका एक पुरुष, कास्कीकी ३२ वर्षकी महिला, कपिलवस्तुका ५० वर्षका एक पुरुष, रुपन्देहीकी ७० वर्षकी एक महिला र बाँकेकी ७० वर्षकी एक थिए ।

यसैगरी गत बुधबार कोरोनाका कारण ११ जनाको मृत्यु भएको थियो । जसमा मोरङकी ४६ वर्षीया महिला, भक्तपुरकी ५३ वर्षीया महिला, कैलालीका ४५ वर्षीय र ५० वर्षीय २ जना पुरुष, महोत्तरीका ६०, ७२ र ७५ वर्षीय तीन पुरुष, बाँकेका ३७ वर्षीय पुरुष, काठमाडौँका ५१ वर्षीय पुरुष र बाराका ४१ र ४६ वर्षीय २ जना पुरुष थिए ।

यस्तै गत मंगलबार कोरोनाले ७ जनाको मृत्यु भएको थियो । जसमा काठमाडौंकी ७१ वर्षीय महिला, सिरहाका २२ वर्षीय पुरुष, पर्साका ६८ वर्षीय पुरुष, धनुषाका ७६ वर्षीय पुरुष, काठमाडौंका ७४ र ६६ वर्षीय पुरुष र रुपन्देहीका ५३ वर्षीय पुरुष थिए ।

यस्तै सुनसरीका ६८ वर्षीय पुरुष, मोरङका ६५ वर्षीय पुरुष, पर्साकी ७० वर्षीया महिला, काठमाडौंकी ४८ वर्षीया महिला, रुपन्देहीकी ६७ वर्षीया महिला र रुपन्देहीकै ३८, ५३ र ५४ वर्षीय तीन जना पुरुष गरी ८ जनाको मृत्यु भएको थियो । झापाका ५८ वर्षीय पुरुष, पर्साकी ५६ महिला र सर्लाहीकी ३३ वर्षीय महिलाको कोरोनाले मृत्यु भएको थियो ।