May 18, 2024, Saturday
२०८१ जेष्ठ ६, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
बुटवलमा पनि सुरु भयाे फुड बैंक

बुटवलमा पनि सुरु भयाे फुड बैंक

भाद्र १६, बुटवल । कोभिड- १९ को महामारी समुदाय स्तरमा फैलिरहँदा धेरै मजदुर वर्गका मान्छेहरु बेरोजगार भैरहेको र भोकै बस्नुपर्ने अवस्था आएको भन्दै सामाजिक सन्जालमा सक्रिय ‘घरघरमा हामी’ अभियानले बुटवलमा पनि फुड बैङ्क सन्चालनमा ल्याएको छ ।

बुटवलको देविनगर मा हिजोदेखि सन्चालनमा आएको फुड बैङ्कले ‘हुनेले दिएर जाऔँ, नहुनेले लिएर’ भन्दै सहयोगदाताबाट ल्याउने र नहुनेहरुलाई वितरण गर्ने गरेकाे अभियानका संयाेजक शिव डुम्रेले बताए । डुम्रेका अनुसार लकडाउन लम्बिरहँदा नागरिकले रोजगारी गुमाएको र भोकै पर्नुपर्ने अवस्था आउने भन्दै कोही भोको नरहोस् भनेर यो अभियान चलाइएको हो । ‘रुपन्देहीमा दिन चहानेहरु धेरै हुनुहुन्छ तर दिने माध्यम पाउनुभएको छैन, हामी त्यसको माध्यम मात्र बनेका हौँ,’ डुम्रेले भने ।

Advertisement

अभियानकाे पहिलो दिन साेमबार ६ जना दाताले दाल, चामल, नुन, तेल, साेयाविन, चिउरा, चाउचाउ, मास्क, सेनिटाइजर, हरियो तरकारी दिएको र २५ जनाको परिवारले खाद्यान्न लगेकाे उनले बताए । यसैगरी हरेक दिन नयाँ दाताले सहयोग गर्नेछन् भने नयाँ-नयाँ ठाउँका नागरिकले सो खाद्यान्न पाउनेछ्न् । अभियानले लकडाउन अवधिभर मात्रै नभएर अरू समयमा पनि यसलाई व्यवस्थापन गरी फुड बैङ्क सन्चालन गर्ने तयारी गरिएको जनाइएकाे छ ।