May 18, 2024, Saturday
२०८१ जेष्ठ ६, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
नेपालका लागि पूर्व बेलायती राजदूत रिचर्ड मोरिसको शव जंगलमा भेटियो

नेपालका लागि पूर्व बेलायती राजदूत रिचर्ड मोरिसको शव जंगलमा भेटियो

भाद्र १६, एजेन्सी । करिब ४ महिनादेखि बेपत्ता रहेका नेपालका लागि पूर्व बेलायती राजदूत रिचर्ड मोरिसको शव फेला परेको छ। बेन्टलीबाट मर्निङ वाकमा हिँडेका मोरिस ६ मे देखि बेपत्ता थिए ।

उनको शव ह्याम्पसायरस्थित एलिस हल्ट जंगलमा फेला परेको प्रहरीले जनाएको छ । बिबिसीका अनुसार शवको औपचारिक पहिचान हुन बाँकी छ। शवका बारेमा उनका परिवारलाई खबर गरिएको छ ।

Advertisement

मोरिस नेपालका लागि बेलायती राजदूतको रुपमा ४ वर्ष कार्यकाल पूरा गरेर सन् २०१९ मा बेलायत फर्किएका थिए । ३ सन्तानका पिता मोरिस सन् २०१५ देखि २०१९ सम्म नेपालका लागि बेलायती राजदूत थिए। नेपाल बसाईको क्रममा उनले यहाँको प्राकृति सौन्दर्यता र संस्कृतिबाट आफू प्रभावित भएको बताएका थिए ।

नेपालपछि बेलायत सरकारले उनलाई फिजीमा ब्रिटिश हाइ कमिश्नरको रुपमा नियुक्त गरिएको थियो। तर त्यहाँ जानुअघि नै उनी बेपत्ता भएका थिए । प्रहरीले उनको मृत्युबारे अब थप अनुसन्धान गर्ने बताइएको छ ।