May 14, 2024, Tuesday
२०८१ जेष्ठ २, बुधबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
युएईमा कोरोना भ्याक्सिनको विश्वकै ठूलो ट्रायल सम्पन्न,नेपाली पनि सहभागी

युएईमा कोरोना भ्याक्सिनको विश्वकै ठूलो ट्रायल सम्पन्न,नेपाली पनि सहभागी

भाद्र १६, एजेन्सी । संयुक्त अरब इमिरेट्स (यूएई) मा कोरोना भाइरसविरुद्धको भ्याक्सिनको विश्वकै सबैभन्दा ठूलो ट्रायल गरिएको छ ।

चीनको नाइना नेशनल फार्मास्युटिकल ग्रुप कर्प अर्थात सिनोफार्मले विकास गरेको भ्याक्सिनको तेस्रो र अन्तिम चरणको ट्रायल युएइमा गरिएको हो । यो ट्रायलमा ३१ हजार जना स्वयंसेवक सहभागी थिए । यी स्वयंसेवकमध्ये नेपाली पनि थिए तर नेपालीको संख्या कति थियो भन्ने खुलासा भइसकेको छैन । खलीज टाइम्सका अनुसार ६ हप्तामा यी सबै स्वयंसेवकलाई भ्याक्सिन लगाइएको हो । अब स्वयंसेवकको लागि नाम दर्ता बन्द गरिसकिएको छ ।

Advertisement

स्वास्थ्य अधिकारीहरुले स्वयंसेवकहरुको संख्या पर्याप्त भइसकेकोले नयाँ स्वयंसेवक दर्ता बन्द गरिएको बताएका छन् । भ्याक्सिन लगाउने स्वयंसेवकहरु नेपालसहित १ सय २० भन्दा धेरै देशका नागरिकहरु छन् । स्थानीय अधिकारीहरुले कम समयमै भ्याक्सिनेशनको लक्ष्य पूरा गरेकोमा स्वास्थ्य कर्मचारीहरु र स्वयंसेवकहरुको प्रशंशा गरेका छन् ।

यूएईमा ट्रायल गरिएको यो भ्याक्सिनलाई चीनले तयार गरेको हो । चीनको कम्पनी सिनोफार्मले संयुक्त अरब इमिरेट्सको जी ४२ हेल्थकेयरसँग मिलेर ट्रायलको अभियान चलाएको हो । सिनोफार्मले पहिलो र दोस्रो चरणको ट्रायलमा भ्याक्सिनले राम्रो नतिजा दिएको बताएको छ । रिपोर्टका अनुसार हजारौं मानिसहरुलाई भ्याक्सिनको दोस्रो डोज दिइसकिएको छ । अब ती स्वयंसेवकहरुको निरन्तर निगरानी गरिएको छ ।