May 18, 2024, Saturday
२०८१ जेष्ठ ६, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
हवाई संचालकहरूले सरकारबिरुद्ध आन्दोलन गर्ने

हवाई संचालकहरूले सरकारबिरुद्ध आन्दोलन गर्ने

भाद्र १६, काठमाडाैं । हवाई संचालकहरुले सरकारबिरुद्ध आन्दोलन गर्ने घोषणा गरेका छन् । पटक -पटक हवाई उडान खोल्ने निर्णय गर्दै सरकारले सार्दै आएको भन्दै उनीहरुले क्रमबद्ध आन्दोलन गर्ने भएका हुन् ।

कोरोना भाइरसको संक्रमण नेपालमा पनि फैलिएसँगै करिब ५ महिनाबाट नेपालमा आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरु ठप्प छन् । सर्वप्रथम साउन ५ गतेको मन्त्रीपरिषद्को बैठकले भदौ १ गतेबाट आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान खोल्ने निर्णय गरेको थियो । तर सरकारले कोरोना भाइरसको संक्रमण झन तीव्र रुपमा फैलिएको कारण आफ्नै निर्णयबाट पछि हट्दै भदौ १५ गतेबाट उडान खोल्ने निर्णय गरेको थियो ।

Advertisement

त्यसपछि आईतबार बसेको मन्त्रीपरिषद् बैठकले तत्काललाई हवाई उडान सुचारु गर्न नसकिने भन्दै असोज १ गतेबाट मात्रै खुल्ने आइतबार पत्रकार सम्मेलन गर्दै सरकारका प्रवक्ता तथा सञ्चार मन्त्री युवराज खतिवडाले बताउनुभयो ।

मन्त्री खतिवडाले दैनिक आजबाट दैनिक ८ सयका दरले नेपाली स्वदेस ल्याइने भएकाले यसको व्यवस्थापनलाई मध्यनजर गर्दै आन्तरिक उडान २ हप्ता पर सारिएको बताउनुभयो ।

तर विमान संचालकहरुले भने मन्त्रीपरिषदको पहिलो निर्णय अनुसार उडानका लागि सम्पूर्ण तयारी गरिसकेकोे भन्दै पटक पटक उडान खोल्ने मिति सारेर आफूहरुलाई मार्का पारेको उनीहरुको ठहर छ । उनीहरुले सरकारलाई हवाइ उडान मिति नलक्ब्याउन आग्रह गर्दासमेत वास्ता नगरेको आरोप लगाएका छन् ।

यसअघिको सरकारको निर्णय अनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणले सबै विमान कम्पनीहरुलाई सेफ्टी सर्कुलेसन र सेफ्टी एड्भाइजरी जारी उडान भर्ने तयारीमा लाग्न निर्देशन दिएको थियो ।