May 18, 2024, Saturday
२०८१ जेष्ठ ५, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
काठमाडौँ उपत्यकामा आज थपिए ४८१ जना कोरोना संक्रमित

काठमाडौँ उपत्यकामा आज थपिए ४८१ जना कोरोना संक्रमित

काठमाडौं- काठमाडौं उपत्यकामा आज थप ४८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ३९३, ललितपुरमा ५८ र भक्तपुरमा ३० जना गरी जम्मा ४८१ जना संक्रमित थपिएका छन् ।

Advertisement

यसअघि आइतबार (हिजो) काठमाडौंमा १९०, ललितपुरमा ६७ र भक्तपुरमा ४१, जना गरी जम्मा २९८ जना संक्रमित थपिएका थिए ।

नेपालमा मंगलबार थप १ हजार ६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ४० हजार ५२९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ७६८  जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २२ हजार १७८ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

मन्त्रालयका अनुसार सोमबारसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २२८ पुगेको थियो । आज थप ११ जनाको कोरोनाले मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या २३९ पुगेको छ ।