April 18, 2026, Saturday
२०८३ बैशाख ५, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
थप ६ जना कोरोना संक्रमितको मृत्यु

थप ६ जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं – नेपालमा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। काठमाडौं र रुपन्देहीमा २–२, ललितपुर र पर्सामा एक–एकजनाको मृत्यु भएको हो।

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ। काठमाडौंका ७५ वर्षीय पुरुष र तनहुँकी २० वर्षीया युवतीको मृत्यु भएको अस्पतालका कोभिड फोकल पर्सन डाक्टर सबिन थपलियाले जानकारी दिए। काठमाडौंका पुरुषमा भदौ १५ गते कोरोना पोजेटिभ देखिएको थियो। उनी सुगर र प्रेसरका बिरामी रहेको अस्पतालले जनाएको छ। २० वर्षीया युवती भने ‘एसएलई’ बाथ रोग र मृगौला रोगबाट पीडित थिइन्। उनमा हिजो मात्रै कोरोना पुष्टि भएको थियो। यस्तै, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ललितपुरमा एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ।

Advertisement

भक्तपुर मध्यपुर थिमि नगरपालिका–७, नगदेशका ४० वर्षीय पुरुषको गएराति मृत्यु भएको अस्पतालका निर्देशक डाक्टर रवि शाक्यले जानकारी दिए। पाँच दिनअघि मात्र ती पुरुषकी ६२ वर्षीया आमाको पनि कोरोनाकै कारण पाटन अस्पतालमै मृत्यु भएको थियो। लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा पनि एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ।

कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नम्बर ११ निवासी ६० वर्षीया महिलाको उपचारका क्रममा आज विहान सवा ९ बजे मृत्यु भएको हो। भदौ ७ गते कोरोना पुष्टि भएपछि उनी अस्पताल भर्ना भएकी थिइन्।