April 20, 2026, Monday
२०८३ बैशाख ७, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
पाटन अस्पतालमा आमाको मृत्यु भएको पाँच दिनमा छोराको कोरोनाबाट मृत्यु

पाटन अस्पतालमा आमाको मृत्यु भएको पाँच दिनमा छोराको कोरोनाबाट मृत्यु

भक्तपुर – ललितपुरकाे पाटन अस्पतालमा एक जना भक्तपुरका कोरोना संक्रमितको निधन भएको छ।

पाटन अस्पतालका निर्देशक डाक्टर रवि शाक्यका अनुसार गएराति ९ बजे मध्यपुर थिमि नगरपालिका–७, नगदेशका ४० वर्षीय पुरुषको कोरोना संक्रमणबाट निधन भएको हो।

Advertisement

पाँच दिनअघि मात्र ती पुरुषकी ६२ वर्षीया आमाको पनि कोरोनाकै कारण पाटन अस्पतालमै मृत्यु भएको थिमी नगरपालिकाका वडानम्बर ७ का वडाध्यक्ष कृष्णकुमार प्रजापतिले जानकारी दिए। १५ दिनअघि उनमा कोरोना संक्रमण देखिएको थियो। लगत्तै उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

त्यसपछि आमालाई संक्रमण देखिएको थियो। प्रजापतिका अनुसार मृतकको परिवारका अन्य ६ जनामा पनि कोरोना संक्रमण देखिएको छ। उनीहरु होम आइसोलेशनमा छन्।