April 19, 2026, Sunday
२०८३ बैशाख ६, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
पर्सा, बारा र रौतहटमा थप ११० जनामा कोरोना पुष्टि

पर्सा, बारा र रौतहटमा थप ११० जनामा कोरोना पुष्टि

पर्सा – पर्सा, बारा र रौतहटमा १ सय १० जना नयाँ संक्रमित थपिएका छन्।

नारायणी अस्पताल वीरगन्जमा पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा फेरि सयभन्दा बढि नयाँ संक्रमित थपिएका हुन्। पछिल्लो २४ घण्टामा गरिएको ५ सय ७६ जनाको स्वाब परीक्षणमा १ सय १० जनाको रिपोर्ट पोजेटिभ आएको नारायणी अस्पतालले जनाएको छ। 

Advertisement

थपिएका संक्रमितहरुमा ६९ जना पर्साका, २४ जना बाराका र १७ जना रौतहटका रहेको नारायणी अस्पतालका सूचना अधिकारी डा अतुलेशकुमार चौरसियाले बताए। ती संक्रमितहरुमा डेढ वर्षको बच्चादेखि  ८० वर्षका वृद्धसम्म रहेको उनको भनाइ छ।   कहाँ कति थपिए  नयाँ थपिएका संक्रमितहरुमा रौतहटको यमुनामाई गाउँपालिकाको वडा नम्बर ३ को एउटै वडाका १७ जना छन्।

त्यसै गरी बाराको कलैया उपमहानगरपालिकाका विभिन्न वडाहरूमा गरी २४ जना रहेका छन्।  पर्साको भने वीरगन्ज महानगरपालिकाका विभिन्न वडामा ४९ जना, कालिकामाई गाउँपालिकाको वडा नम्बर २ का ४ जना, बहुदरमाई नगरपालिकाको वडा नम्बर ४ र ५ का ५ जना, पर्सागढी नगरपालिकाको वडा नम्बर ४ र ८ का ७ जना, पोखरिया नगरपालिकाको पनि वडा नम्बर ४ र १० का ४ जनामा संक्रमण पुष्टि भएको डा चौरसियाले बताए।  

सिटी भ्यालु २४ भन्दा माथिका ३४ जना  नयाँ थपिएका संक्रमितहरुमा साइकल थ्रेसहोल्ड (सिटी भ्यालु) २४ भन्दा बढि भएका ३४  जना र कम भएका ७६ जना रहेका छन् । सिटी भ्यालु २४ भन्दा बढि भएका भनिएको बढि संक्रमणको जोखिममा रहेको डाक्टर चौरसियाको भनाइ छ।

पर्सामा २३ सय बढी संक्रमित पर्सामा नयाँ थपिएका संक्रमितहरुसहित कुल संक्रमित संख्या अब २ हजार ३ सय २ पुगेको छ। प्रदेश नम्बर २ को सामाजिक विकास मन्त्रालयले हिजो सार्वजनिक गरेको तथ्यांक र आज थपिएकासहित २ हजार ३ सय २ पुगेको हो।