April 20, 2026, Monday
२०८३ बैशाख ८, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
पुटिनका आलोचक नेता अलेक्सीलाई विष दिइएको खुलाशा

पुटिनका आलोचक नेता अलेक्सीलाई विष दिइएको खुलाशा

एजेन्सी – रूसी राष्ट्रपति भ्लादिमिर पुटिनका आलोचक एवम् विपक्षी नेता अलेक्सी नवेलनीलाई नोविचोक नर्व एजेन्ट नाम विष दिइएको खुलेको छ। 

जर्मन सरकारले नवेलनीलाई विष दिइएको खुलासा गरेको हो। गत महिना साइबेरियाबाट एक विमानमा उडान भर्दै गर्दा नवेलनी बिरामी परेका थिए। लगत्तै, उनलाई एअरलिफ्ट गरी उपचारका लागि जर्मनी लगिएको थियो।

Advertisement

सो बेलादेखि नै उनी कोमामा छन्।  सन् २०१८ मा पनि बेलायतमा रहेका पूर्व रूसी जासुस सर्गेइ स्क्रिपल र उनकी छोरीमाथि यो विष दिइएको थियो। तर, यो मामिलामा आफ्नो हात नरहेको रूसी सरकारले दावी गरेको थियो। यो विषको अगाडिको शब्द नोविचोकको अर्थ नवआगन्तुक हो। यो विष सन् १९७० देखि ८० को बीचमा तयार गरिएको थियो। तत्कालीन सोभियत संघको फोलियन्ट कार्यक्रमअन्तर्गत बनाइएको यो विष चौथो पिँढीको रसायनिक हतियार हो। 

नोविचोक विषबारे सन् १९९० को दशकमा डा. विल मिरजायानोवले रूसी मिडियालाई जानकारी दिएका थिए। रसायनिक हतियारबारे जानकारी दिएपछि उनी देश छाडेर अमेरिका पलायन भएका थिए।