April 15, 2026, Wednesday
२०८३ बैशाख २, बुधबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा झडप

रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा झडप

काठमाडौं– कोरोना महामारी नियन्त्रणका लागि गरिएको निषेधाज्ञाबीच रातो मच्छिन्द्रनाथको रथ तान्न भेला भएका स्थानीयलाई हटाउने क्रममा ललितपुरमा झडप भएको छ।

प्रहरीले भीड हटाउन पानीको फोहोरा प्रयोग गरेको थियो भने आक्रोशित भीडले ढुंगा हानेको थियो। करिब २० फिट तानेपछि प्रहरीले हस्तक्षेप गरेको थियो।

Advertisement

अहिले स्थानीयहरु तितरबितर भएका छन् भने रथलाई प्रहरीको ठूलो समूहले सुरक्षा दिएको छ।

सामाजिक दूरी अपनाएर रथ तान्दा पनि प्रहरीले हस्तक्षेप गरेको र परम्परा रोकिएको भन्दै गुठीयारहरु आक्रोशित भएका छ्न।