May 10, 2024, Friday
२०८१ बैशाख २८, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
बागलुङ हिँडेको गृहमन्त्री थापासहितको टोली पोखराबाटै फिर्ता

बागलुङ हिँडेको गृहमन्त्री थापासहितको टोली पोखराबाटै फिर्ता

काठमाडौं-बाढी-पहिरो पीडितको उद्दार र राहतका लागि भनेर नेपाली सेनाको हेलिकप्टरमार्फत् बागलुङ हिँडेको गृहमन्त्री रामबहादुर थापासहितको टोली पोखराबाटै काठमाडौं फिर्ता भएको छ ।

मौसम खराबका कारण बागलुङ जान नसकेपछि पोखरामा हेलिकप्टर अवतरण गरिएको थियो। र निकै समयसम्म पनि मौसममा सुधार नभएपछि मन्त्रीसहितको टोली अहिले काठमाडौं फर्किएको गृहमन्त्रीको प्रेस संयोजक किरण भट्टराईले बताए ।

Advertisement

टोलीमा गृहमन्त्रीसहित राष्ट्रिय विपत जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्रधिकरणका प्रमुख अनिल पोखरेल, बागलुङका सांसद देवेन्द्र पौडेललगायत थिए ।