May 8, 2024, Wednesday
२०८१ बैशाख २६, बुधबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
प्रमिला लाबुङ राईको कुकृत्यप्रति नेपाल प्रेस युनियन यूकेको गम्भिर आपत्ति

प्रमिला लाबुङ राईको कुकृत्यप्रति नेपाल प्रेस युनियन यूकेको गम्भिर आपत्ति

युके – नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) यूकेको काम चलाउ अध्यक्ष प्रमिला लाबुङ राईको कुकृत्यको गम्भीर भर्त्सना भएको छ । उनले आफ्नै पूर्व महासचिव खुशी लिम्बूको बारेमा केही दिन अघि एउटा अनलाइन मार्फत खुशी लिम्बू फोनिजबाट निस्कासित भन्ने अनर्गल प्रचार गरेपछि नेपाल प्रेस युनियनको यूके शाखाले आज एउटा विज्ञप्ति मार्फत आपत्ति जनाएको हो ।

विज्ञप्तिमा भनिएको छ, बिगत लामो समयदेखि पत्रकारिता गर्दैआउनुभएका खुशी लिम्बू जी नेपाल प्रेस युनियन यूकेको एउटा महत्वपूर्ण सदस्य हुनुहुन्छ । उहाँले मिति ५ मे २०१९ मा फोनिज यूकेको महासचिव पदबाट राजीनामा दिनुभएयता फोनिज यूकेसित उहाँको कुनै सम्वन्ध नभएको कुरा उहाँले पटक पटक सार्वजनिक गर्दै आउनुभएको छ । त्यसरी सम्बन्धित संस्थासित कुनै सम्बन्ध नभएको व्यक्तिको बारेमा कुनै जाँचबुझ नगरी निस्कासित भनेर प्रचार गर्नु संघसस्था र पत्रकारिताको संहिता हित बिपरीत भएको हाम्रो ठम्याई छ ।

Advertisement

युनियनले विज्ञप्तिमा आफ्नो कार्यकारी सदस्य खुशी लिम्बू बारेको उक्त समाचार बनिबनाउ र भ्रामक भएको हुँदा आम पाठकहरुलाई सोही बमोजिम बुझिदिन हामी आग्रह गरेको छ । साथै नेपाल प्रेस युनियनका कुनै पनि सदस्यहरुका बारेमा भबिष्यमा यस्ता प्रकृतिका अनर्गल समाचारहरु पुनः प्रकाशित भए सम्बन्धित व्यक्ति वा संस्था विरुद्ध सोही बमोजिमको कानूनी उपचार खोजिने भनी सचेत गराएको छ ।

विज्ञप्ति जस्ताको तस्तैः