May 13, 2026, Wednesday
२०८३ बैशाख ३०, बुधबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
कांग्रेसमा महाधिवेशनको मोडालिटी परिवर्तनबारे छलफल सुरु

कांग्रेसमा महाधिवेशनको मोडालिटी परिवर्तनबारे छलफल सुरु

काठमाडौं- नेपाली कांग्रेसको महाधिवेशन नजिकिदै गर्दा कोरोना संक्रमण जारी रहेकै अवस्थामा महाधिवेशन गर्ने नयाँ विकल्पमाथि कांग्रेसमा छलफल हुन थालेको छ। जिल्लादेखि केन्द्रसम्म भेला गरेर अधिवेशन गर्न असहज अवस्था रहेकाले नयाँ ‘मोडालिटी’तय गर्न नेताहरुले सुझाएका छन्।

जिपी कोइराला लोकतन्त्र सम्वर्द्धन केन्द्रले महाधिवेशनमा केन्द्रित रहेर गरेको भिडिओ संवादमा पदाधिकारी र केन्द्रीय सदस्यले फागुनमा महाधिवेशन सम्भव नरहेको बताएका हुन्। उपसभापति विमलेन्द्र निधिले तल्लो तहका अधिवेशनको मोडालिटी परिवर्तन गर्ने पक्षमा आफू सकारात्मक रहेको बताए।

Advertisement

नेपाल बार एसोसिएसनले गर्ने अधिवेशनकै मोडालिटीमा तल्लो तहका अधिवेशन गर्न सकिने विकल्प उनले सुझाए। उनले भने,‘१६५ निर्वाचन क्षेत्रमा अधिवेशन गर्न सकिन्छ। महाधिवेशनलाई रोक्न हुँदैन।’

महाधिवेशनको कार्यतालिका कार्यान्वयन नभएको निधिले स्वीकारे। निर्वाचन समितिलाई समायोजनको पूर्ण अधिकार प्रत्यायोजन गर्दासमेत संगठन समायोजन हुन नसकेको उनले बताए। निर्वाचन समितिले पठाएका प्रतिनिधिलाई जिल्ला कार्यसमितिले असहयोग गर्दा समायोजन हुन नसकेको उनको बुझाइ छ।

समायोजनमा विवाद उत्पन्न भए त्यसको निराकरण गर्ने अन्तिम निकाय पनि निर्वाचन समिति नै भएको निधिले बताए। समायोजन सक्न साउन १० सम्मको समयावधि निर्वाचन समितिलाई दिइएको थियो। प्रदेश २ का अधिकांश जिल्लामा समायोजनको काम सकिएको छैन।