April 20, 2026, Monday
२०८३ बैशाख ७, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
सन्दीपको टिम जमैका सेमिफाइनलमा प्रवेश

सन्दीपको टिम जमैका सेमिफाइनलमा प्रवेश

काठमाडौं-सन्दीप लामिछानेआबद्ध टिम जमैका तलावाज क्यारेबियन प्रिमियर लिग (सिपिएल) क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ। जमैका तलावाज २ खेलअघि नै सेमिफाइनलमा पुगेको हो।

शुक्रबार बिहान भएको खेलमा गुयाना अमेजन वारियर्ससँग साविक विजेता बारबाडोस ट्रिडेन्ट्स ६ विकेटले पराजित भएसँगै जमैका तलावाज २ खेलअघि नै सेमिफाइनलमा पुगेको हो। बिहीबार राति नै जमैका तलावाज र लिगको पुछारमा रहेको सेन्ट किट्स एण्ड नेभिस प्याट्रिओट्सबीचको खेल भने वर्षाको कारण रद्द भएको थियो। खेल रद्द भएपछि दुवै टिमले समान १–१ अंक प्राप्त गरे पनि प्रत्यक्ष रुपमा जमैकालाई घाटा पुगेको थियो।

Advertisement

लिगमा ८ खेलमा शतप्रतिशत जित हात पारेको ट्रिनबागो नाइट राइडर्सले १६ अंक बनाउँदै यसअघि नै सेमिफाइनल यात्रा तय गरिसकेको छ। त्यस्तै, लिगमा सबै खेल खेलिसकेको गुयाना अमेजन वारियर्सले १० खेलबाट ६ खेलमा जित र ४ खेलमा हारसहित १२ अंक बनाएर सेमिफाइनलमा प्रवेश गरेको छ। सेन्ट लुसिया जुक्स पनि सेमिफाइनलमा पुगिसकेको छ।