May 8, 2026, Friday
२०८३ बैशाख २५, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
देउवाजीसँग कुनै पनि गोप्य डिल भएको छैनः महामन्त्री कोइराला

देउवाजीसँग कुनै पनि गोप्य डिल भएको छैनः महामन्त्री कोइराला

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले सभापति शेरबहादुर देउवासँग भेटेर आफूले कुनै गोप्य डिल नगरेको  स्पष्ट पारेका छन्।

कोरोना महामारीका कारण आफू डेढ महिनादेखि ‘होम क्‍वारेन्टाइन’ मा रहेको बताउँदै कोइरालाले भने, ‘डेढ महिनादेखि मैले देउवाजीलाई भेटेको छैन। खास कुराकानी पनि भएको छैन।’

Advertisement

डेढ महिनादेखि घरबाटै बाहिर ननिस्किएको बताउँदै उनले भने, ‘होटेलमा देउवाजीलाई भेटेर गोप्य डिल गरेको हल्ला गलत हो। त्यस्तो कुनै डिल भएको छैन र गर्न आवश्यक पनि छैन।’ कोइरालाले भने, ‘आवश्यक परे पार्टी सभापतिसँग खुला रुपमा औपचारिक छलफल र भेट हुन्छ। किन होटेलमा गएर गोप्य भेट र छलफल गर्नुपर्‍यो र ?

देउवासँगको गोप्य भेटमा सहभागी भएका भनिएका अर्का नेता मीनेन्द्र रिजालले यो प्रायोजित हल्ला मात्रै भएको बताए।