April 19, 2026, Sunday
२०८३ बैशाख ६, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
भारतले दियो लिपुलेकमा सैन्य निगरानी बढाउन आफ्ना सेनालाई निर्देशन

भारतले दियो लिपुलेकमा सैन्य निगरानी बढाउन आफ्ना सेनालाई निर्देशन

भाद्र २१, काठमाडाैं । भारत-चीनबीच सीमा विवाद बढ्दै गएकाे वेला भारत सरकारले नेपालकाे उत्तरपश्चिमी सीमा क्षेत्र लिपुलेकमा नगरानी बढाउन निर्देशन दिएका छ ।  भारत सरकारले आफ्नो सेनालाई निर्देशन दिँदै  नेपाल-भारत-चीन ‘त्रिदेशीय नाका’ लिपुलेक क्षेत्रमा विशेष निगरानी बढाउन भनेको हाे ।

भारत चीनकाे सीमा क्षेत्र लद्दाखको सुशुल भ्यालीमा दुवै देशका सेनाबीच तनाव पुनः बढेपछि भारतले उत्तरी सीमा क्षेत्रमा उच्च‍ सतर्कता अपनाएको हो । साेही क्रममा लिपुलेक क्षेत्रमा पनि निगरानी बढाउन निर्देशन दिइएकाे छ । गत अगस्ट २९-३० मा पूर्वी लद्दाखमा भारत-चीनका सेनाबीच तनाव बढेकाे बताइएकाे छ ।

Advertisement

स्पुतनिक न्युजका अनुसार चिनियाँ सेनाले सीमा क्षेत्रमा आफ्नो गतिविधि बढाएको भन्दै  विशेष निगरानी गर्न आफ्नो सेनालाई भारतले निर्देशन दिएको हाे । यसअघि भारतीय सञ्चारमाध्यमहरूले लिपुलेक नजिकै चीनले सैन्य दस्ता बढाएकाे बताएका थिए ।

पछिल्लाे पटक भारतीय पत्रिका इकोनाेमिक टाइम्सले लपुलेक क्षेत्रमा चीनकाे मात्र गतिविधि बढेकाे नभएर नेपालले पनि भारतीय सेनाका गतिविधिमा निगरानी गर्न आफ्नो सशस्त्र सुरक्षा फौजलाई निर्देशन दिएको उल्लेख गरेकाे छ ।

यसअघि भारतले नेपाली भूमि लिपुलेक हुँदै चीनको मानसरोवर जाने सडक बनाएपछि नेपाल-भारतबीच तनाव उत्पन्न भएकाे थियाे । नेपालले लिपुलेक मात्र नभएर लिम्पियाधुरासम्म नै अाफ्नाे भूभाग रहेकाे दाबी गर्दै नयाँ नक्सा जारी गरेको थियाे ।