April 25, 2024, Thursday
२०८१ बैशाख १४, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
उपत्यका प्रवेश गर्ने नाकामा सेना खटाउनुपर्छ:प्रजिअ काठमाडौं

उपत्यका प्रवेश गर्ने नाकामा सेना खटाउनुपर्छ:प्रजिअ काठमाडौं

भदौ २१, काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले काठमाडौं उपत्यका प्रवेश गर्ने नाका ठप्प पार्न नसकिने बताउनुभएको छ । आइतबार (आज) बसेको प्रतिनिधिसभाको शिक्षा समिति अन्तर्गतको उपसमितिको बैठकमा प्रजिअ दाहालले उपत्यका प्रवेश गर्ने नाका ठप्प पार्न नसकिने बताउनुभएको हो ।

उपत्यका प्रवेश गर्ने नाका ठप्प गरिएमा भोकमरी हुने उहाँको भनाइ छ । नाकामा जति कडाई गरेपनि दिनमा दुई हजार मान्छे आउने पनि उहाँले बताउनुभयो ।

Advertisement

यसका साथै, प्रजिअ दाहालले काठमाडौं उपत्यका प्रवेश विन्दूमा नेपाली सेना खटाउनुपर्ने बताउनुभएको छ । अहिले नेपाल प्रहरी खटाइएको छ । तर, सडकमा लडेको जड्याँहालाई उठाउनेदेखि सुन चोरसम्म नियन्त्रणमा लिनुपर्ने जिम्मा प्रहरीलाई भएको कारण उपत्यका प्रवेश गर्ने नाकामा सेना खटाउनुपर्ने उहाँले बताउनुभएको हो ।

यस विषयमा प्रजिअ दाहालले कोभिड–१९ संकट व्यवस्थापन सेन्टरमा समेत प्रस्ताव पठाएपनि कुनै निर्णय नभएको बताउनुयो । कोरोना महामारीका कारण लागू गरिएको लकडाउन र निषेधाज्ञाका कारण खान नपाएको गुनासोहरु आउन थालेको बताउँदै प्रजिअ दाहालले कोरोनासँग बाच्न सिक्नुपर्ने बताउनुभयो ।

यसका साथै उहाँले क्वारेन्टाइन र आइसोलेसन सेन्टरहरुको व्यवस्थापन गर्नुपर्ने, पीसीआर टेष्टका लागि स्वाब दिएकाहरुलाई रिपोर्ट नआउँदासम्म घरमै राख्नुपर्नेमा पनि जोड दिनुभयो ।