April 26, 2024, Friday
२०८१ बैशाख १४, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
गण्डकी प्रदेश प्रहरी प्रमुख कोरोना संक्रमित

गण्डकी प्रदेश प्रहरी प्रमुख कोरोना संक्रमित

भदौ २१, गण्डकी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक घनश्याम अर्याललाई कोरना भाइरस संक्रमण भएके छ । कोरोना संक्रमितहरुको कन्ट्याक ट्रेसिङमा पर्नुएभएका प्रमुख अर्यालको आज कोरोना पोजेटिभ रिपोर्ट आएको हो ।

नेपाल प्रहरीको सशस्त्र गणमा कार्यरत प्रहरीमा कोरोना देखिएसँगै पोखराका विभिन्न कार्यालयमा कार्यरत प्रहरीमा कोरोना उच्च जोखिम देखिएको छ । एक महिनाअघि जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरीमा कोरोना देखिएको थियो भने उक्त गणबाट जिल्लाको सुरक्षाका लागि खटिएका प्रहरीको रिपोर्ट पनि पोजेटिभ आएको थियो ।

Advertisement

त्यही गणमा प्रहरीसँगै खाना खानुभएका गण्डकी प्रदेशकै एक प्रदेशसभा सदस्य पनि कोराना पुष्टि भएपछि अहिले होम आइसोलेसनमा बसिररहेका । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार आज थप ६७ जनामा कोरोना पुष्टि भएको छ । स्याङ्जाका २२, कास्कीका २०, नवलपुरका १३, तनहुँका सात, बागलुङका तीन र लमजुङका दुई जनामा पोजेटिभ देखिएको हो ।

यससहित गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई हजार ५१४ पुगेको छ । तीमध्ये एक हजार ७६६ जना निको भएका छन् । गण्डकीमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या १९ पुगेको छ ।

यसैबीच गोरखा नगरपालिका –७ की ७६ वर्षीया महिलाको सघन उपचार कक्षमा उपचारका क्रममा शनिबार मृत्यु भएपछि आज कोरोना पुष्टि भएको छ । उनमा ब्रेनह्यामेरेज थियो ।