April 21, 2026, Tuesday
२०८३ बैशाख ९, बुधबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
प्रधानमन्त्री ओली भन्छन्, ‘उद्योग व्यवसायलाई समस्यामा पर्न नदिन सरकार दृढ छ’

प्रधानमन्त्री ओली भन्छन्, ‘उद्योग व्यवसायलाई समस्यामा पर्न नदिन सरकार दृढ छ’

भाद्र २२, काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ सङ्क्रमण महामारीको अवस्थामा नागरिकको जीवन रक्षालाई मुख्य रूपमा सरकारले ध्यान दिएको बताएका छन् । अर्थमन्त्रीको समेत जिम्मेवारी लिएका प्रधानमन्त्री ओलीले स्वतन्त्रताको असन्तुलित वकालतले गर्दा धेरै ठूलो क्षति भोग्नुपर्नेतर्फ सबैको ध्यानाकर्षण समेत गरे। उनले ‘कोभिड–१९ ले नेपाली अर्थतन्त्रमा पारेको प्रभाव’ सम्बन्धमा निजी क्षेत्र सम्बद्ध संस्थाका नेतृत्वकर्ताहरूसँग आइतबार आयोजना गर्नुभएको सुझाव र परामर्श छलफलमा यस्तो धारणा व्यक्त गरेका हुन्।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार, प्रधानमन्त्री ओलीले अर्थतन्त्र नकारात्मक अवस्थामा नपुगेको चर्चा गर्नुहुँदै उद्योग व्यवसायलाई समस्यामा पर्न नदिन सरकार दृढ रहेको स्पष्ट पारे। उनले सरकारले कर असुलीमा मात्र ध्यान नदिइएको विषयका तथ्यहरू बारे समेत चर्चा गर्नुभयो । उहाँले नेपाली जनता कसैलाई भोकै रहन नदिन सरकार लागिपरेको र त्यसका लागि वास्तविक समस्या राख्न समेत स्थानीय प्रशासन, प्रहरी र स्थानीय तहहरूलाई आह्वान गरे।

Advertisement

उहाँले कोरोनाको विषयमा मनोवैज्ञानिक आतङ्क नफैलाई नागरिकको मनोवल बढाउनुपर्नेमा विशेष जोड दिनुभयो । उहाँले छिमेकी मुलुक भारतले धेरै ‘रेमिट्यान्स’ भित्रयाउनेमध्ये छैठौ मुलुक नेपाल रहेको यथार्थले हामीकहाँ कामको कमी छैन भन्ने प्रष्ट रहेको चर्चा गर्नुहुँदै रोजगारीका लागि विदेश जानुपर्ने अवस्था नरहेको बताउनुभयो । उहाँले कोभिड–१९ बारेको सूचना प्रवाहले भयावह तस्बिर प्रस्तुत गरेर जनजीवनलाई आतंकित गर्न नहुनेतर्फ सम्बन्धित सबै सचेत हुनुपर्ने बताए ।

करिव अढाई घण्टा चलेको छलफलमा उद्योगी व्यवसायीहरूले निषेधाज्ञा खुकुलो पारेर अर्थतन्त्रलाई चलायमान बनाउन आग्रह गर्नुभएको थियो । उहाँहरूले कोरोनालाई हौवाको विषय नबनाउन समेत प्रधानमन्त्रीसमक्ष आग्रह गरेका थिए ।

छलफलमा भवानी राणा, राजेशकाजी श्रेष्ठ, सतिस मोर, हरिभक्त शर्मा र शेखर गोल्छालगायतले निजी क्षेत्रका समस्या र समाधानका लागि सुझावहरू प्रस्तुत गर्नुभएको थियो । नेपाल राष्ट्र बैकका गभर्नर महाप्रसाद अधिकारी, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा। पुष्पराज कँडेल र पूर्व अर्थमन्त्री डा। युवराज खतिवडाले निजी क्षेत्रका सरोकार, अपेक्षा र प्राप्त सुझावहरूमा सरकारले यसबेला चालेका विभिन्न कदमहरू, गरेको अध्ययन र सम्बोधनको बारेमा स्पष्ट गरेका थिए ।