May 2, 2024, Thursday
२०८१ बैशाख २१, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
कतारबाट ३०१ नेपाली स्वदेश फर्किए

कतारबाट ३०१ नेपाली स्वदेश फर्किए

दोहा- कोरोना भाइरस लगायत अन्य विभिन्न कारणले कतारमा अप्ठ्यारो परेका नेपालीहरू धमाधम स्वदेश फर्कने क्रम जारी छ ।

कतारस्थित नेपाली दूतावासको आइतबार र सोमबारको विवरण अनुसार ३०१ जना नेपाली स्वदेश फर्किएका छन् ।

Advertisement

आइतबार हिमालय एयरलाइन्सको उडानबाट १५६ जना तथा सोमबार हिमालय एयरलाइन्सबाटै १४५ नेपाली स्वदेश फर्किएको  कतारस्थित नेपाली दूतावासका द्वितीय सचिव प्रबीण भट्टराईले जानकारी दिए ।

दुइ वटा उडानमा समावेश  भएका सबै नेपालीहरूले कोभिड -१९ परीक्षण गरी पीसीआर नेगेटिभ भएको प्रमाणपत्रसहित यात्रा गरेको सचिव भट्टराईले बताए ।