April 26, 2024, Friday
२०८१ बैशाख १४, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
भारतबाट तस्करी गरी ल्याइएका लाखौं मूल्यको सामान धनुषा प्रहरीकाे नियन्त्रणमा

भारतबाट तस्करी गरी ल्याइएका लाखौं मूल्यको सामान धनुषा प्रहरीकाे नियन्त्रणमा

भाद्र २२, जनकपुरधाम । भारतबाट अवैध रूपमा तस्करी गरी ल्याइएका लाखौं मूल्य बराबरको सामान धनुषा प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले धनुषाको विदेह नगरपालिका–९ खरियानी बस्ने गफुर नदाफको घरमा छापा हानेर भन्सार छलेर ल्याइएका समान नियन्त्रणमा लिएको हो ।

नदाफले तस्करी गरी ल्याएका समान गाई गोठमा लुकाएर राखेको सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय औरहीबाट प्रहरी नायब निरीक्षक बब्लु ठाकुरको कमाण्डमा गएको टोलीले दुई लाखभन्दा बढी मूल्यको समान नियन्त्रणमा लिएको छ।

Advertisement

नदाफको गाई गोठ खानतलासी गर्दा ५० केजीको दरले ११ बोरा ५५० केजी सुकेको हरियो मटर, दुई पोका रेडिमेड कपडा र एक पोका चप्पल गरी करिब २ लाख १३ हजार ४ सयको समान नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी मकेन्द्र मिश्रले जानकारी दिए ।

नियन्त्रणमा लिइएको समानहरु आवश्यक कारबाहीको लागि जनकपुर भन्सार कार्यालयमा पठाइएको मिश्रले बताए ।