April 21, 2026, Tuesday
२०८३ बैशाख ९, बुधबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
मच्छिन्द्रनाथको रथ तान्ने क्रममा पक्राउ परेका ६ जनामा कोरोना संक्रमण

मच्छिन्द्रनाथको रथ तान्ने क्रममा पक्राउ परेका ६ जनामा कोरोना संक्रमण

काठमाडौं-ललितपुरको पुल्चोकमा रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा झडप भएपछि पक्राउ परेका ६ जनामा कोरोना संक्रमण देखिएको छ।

पक्राउ परेका १९ जनामध्ये ६ जनाको पिसीआर जाँच गराउँदा कोरोना भाइरस संक्रमण देखिएको महानगरीय प्रहरी परिसर ललितपुरका डिएसपी सन्तोष तामाङले जानकारी दिए। पक्राउ परेका १९ मध्ये तीन जनालाई भने यसअघि नै छाडिएको थियो।

Advertisement

पक्राउ परेकाहरुलाई म्याद थप गर्न लैजाने बेलामा प्रहरीले कोरोना परीक्षण गराउने गर्छ । उनीहरुको परीक्षणको रिपोर्ट आज आएको हो।

संक्रमण देखिएकाहरुलाई छुट्टै राखिएको डिएसपी तामाङले बताए।