May 6, 2024, Monday
२०८१ बैशाख २४, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
प्रमिला राईले फोनिजको लाखौं रुपैयाँ हुण्डी गरेको आरोप, सत्य छोप्न नसके जेल जाने

प्रमिला राईले फोनिजको लाखौं रुपैयाँ हुण्डी गरेको आरोप, सत्य छोप्न नसके जेल जाने

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) युकेका पूर्व अध्यक्ष प्रमिला लाबुङ राईले आफू पदमा रहँदा फोनिज यूकेको पैसा अवैधानिक तवरले नेपाल उतारेको आरोप उनकै कार्यसमितिले लगाएको छ ।

यिनै गैर–कानूनी कृयाकलापहरुप्रति सावधान गराउने क्रममा दुरी बढेपछि महासचिव खुशी लिम्बु र सहकोषाध्यक्ष बिमला लिम्बूले झण्डै डेढ बर्षअघि राजिनामा दिएर बाहिरिएका थिए ।  तर १६ महिनापछि आएर “फोनिज यूकेबाट खुशी लिम्बुलाई निकालिएको” भन्ने झुटो प्रचारबाट आन्तरिक विवाद बढेपछि सत्य बल्ल सतहमा आउन थालेको छ । 

Advertisement

आफ्नो कार्यकालमा फोनिज यूकेले नेपालमा विभिन्न व्यक्तिहरुका लागि आर्थिक सहयोग भनेर उठाएको लाखौं रुपैयाँ बराबरको पाउण्ड स्टर्लिङ यतै राख्ने र उता नेपालमा आफु अनुकुलको व्यक्तिहरुबाट नेपाली रुपैयाँ हुण्डी गरेपछि महासचिव खुशी लिम्बू आफू बलीको बोको बन्ने डरले बाहिरिएको उनको भनाई छ । 
नेपालस्थित पत्रकार, श्रष्टा र जनजाति अभियन्ताहरु संजयसंतोषी राई, गोपाल छाङछा, देउराली चाम्लिङ, उजीर मगर सहायता कोष लगायत आधा दर्जनभन्दा बढी आर्थिक सहायताहरु गैरकानूनी ढंगले त्यसरी नेपाल उतारेकी थिइन् । 

यसरी कालो सेतो धनलाई कालो बनाउनु भनेको गैर–कानूनी हो र अंग्रेजीमा यसलाई ‘मनी लण्ड्रिङ’ भनिन्छ । यसबारेमा उनलाई कार्यसमितिले मौखिक रुपमा पटक पटक सचेत गराएको भएपनि यसलाई वेवास्ता गरेकी थिइन् । 

श्रीमती राईले गरेका यी गैर–कानूनी कार्यहरुलाई छोप्न नसके बेलायतको प्रचलित कानून ‘प्रोसिडस् अफ क्राइम एक्ट २००२’ को दफा ३२७, ३२८ र ३२९ बमोजिम उनलाई कम्तिमा जेल सजायँ हुनसक्नेछ ।
स्मरण रहोस्, आफ्नो महासचिव र सहकोषाध्यक्षले राजिनामा दिएर बाहिरिएपछि उनका साथ अहिले उपाध्यक्ष, कोषाध्यक्ष र कार्यवाहक महासचिव मात्र उनका साथ छन् । उनका कार्यसमितिका सदस्यहरु कर्मा पहाडी, भिमल राई, बिसन गुरुङ, बोम सूर्यवंशी, जिखाबहादुर राई, मुकेश राई, पुस्पा गुरुङ, सुमिरा सुनुवार र सुरेन्द्र इङनाम गएको दुई बर्षमा कतै कुनै पनि बैठकमा वा निर्णय प्रकृयामा सामेल छैनन् ।