April 21, 2026, Tuesday
२०८३ बैशाख ८, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
अरुणाचल दक्षिणी तिब्बतको भाग हो: चीन

अरुणाचल दक्षिणी तिब्बतको भाग हो: चीन

काठमाडौं–चीनले अरुणाचल प्रदेश आफ्नो भूमि भएको दाबी गरेको छ। अरुणाचल प्रदेशसँग जोडिएको सीमामा चिनियाँ सेनाद्वारा ५ भारतीयलाई अपहरण गरिएको विषयमा केन्द्रीय मन्त्री किरण रिजिजूद्वारा उठाइएको प्रश्नको जवाफ दिँदै चीनले उक्त प्रदेश आफ्नो भूमि भएको दोहोर्‍याएको हो।

चीनको सरकारी अखबार ग्लोबल टाइम्सका अनुसार चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले चीनले कहिल्यै पनि अरुणाचल प्रदेशलाई मान्यता नदिने र यो दक्षिणी तिब्बतको भूमि भएको उल्लेख गरेका छन्। उनले यस क्षेत्रमा ५ भारतीय नागरिक बेपत्ता भएको भन्नेबारे भारतीय सेनाबाट उठेको प्रश्नमा कुनै जानकारी नभएको पनि बताएका छन्। 

Advertisement

भारतीय सेनाले अरुणाचल प्रदेशको सुबनसिरी जिल्लाबाट ५ जनालाई चिनियाँ सेनाले अपहरण गरेको जनाएको थियो।