May 8, 2024, Wednesday
२०८१ बैशाख २७, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
जंगली जडीबुटी खाँदा डोल्पामा ५ जना गम्भिर घाइते

जंगली जडीबुटी खाँदा डोल्पामा ५ जना गम्भिर घाइते

जाजरकोट – जंगलबाट ल्याएको जडीबुटी सेवन गर्दा डोल्पामा ५ जना श्रमिक गम्भीर बिरामी परेका छन्‌।

​डोल्पाको शे फोक्सुन्डो गाउँपालिका-१ नामुमामा रहेका जाजरकोट नलगाड नगरपालिका-५ का पाँच जना श्रमिक बिरामी परेका हुन्‌। जडीबुटी सेवन गर्दा बिरामी परेकाहरुमा नलगाड नगरपालिका-५ का १९ वर्षीय नरेन्द्र ओली, ३६ बर्षीय गोपाल ओली, १८ वर्षीय अजय ओली, ३३ वर्षीय शिवराज केसी र ३८ वर्षीय टेकबहादुर ओली रहेका छन्।

Advertisement

स्थानीय जंगलमा पाइने जडीबुटी खाँदा उनीहरू बिरामी भएका र स्थानीय स्वास्थ्यकर्मीले उपचार गर्न नसक्ने भनेर जवाफ दिएको डोल्पाका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिएका छन्‌।