May 13, 2024, Monday
२०८१ बैशाख ३१, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
आयरल्याण्डविरूद्ध नर्वेको शानदार जित

आयरल्याण्डविरूद्ध नर्वेको शानदार जित

एजेन्सी- नर्वेले नेसन्स लिग फुटबलमा नर्दन आयरल्याण्डविरूद्ध शानदार जित  निकालेको छ ।

सोमबार राति वाइन्डर पार्कमा भएको खेलमा नर्वेले नर्दन आयरल्याण्डलाई ५–१ गोल अन्तरले हराएको हो ।

Advertisement

नर्वेको जितमा इर्लिङ हाल्याण्डले दुई गोल गरे । उनले थप एक गोलका लागि अवसर सिर्जना गरेका थिए ।

मोहम्मद एलौयोनौसीले खेलको दोस्रो मिनेटमा नर्वेलाई सुरुवाती अग्रता दिलाएका थिए । पेड्डी मेकनेयरले त्यसको तीन मिनेटपछि घरेलु टोली नर्दन आयरल्याण्डका लागि बराबरी गोल फर्काएका थिए ।

सातौं मिनेटमा हाल्याण्डले नर्वेलाई २–१ ले अघि बढाएका थिए । १९औं मिनेटमा क्रिस्टल प्यालेसका फरवार्ड अलेक्जेन्डर सोरलाथले नर्वेलाई ३–१ को अग्रता दिलाए ।

दोस्रो हाफको दोस्रो मिनेटमै हाल्याण्डको क्रसलाई सदुपयोग गर्दै अलेक्जेन्डरले नर्वेको अग्रतालाई फराकिलो पारे ।

हाल्याण्डले ५८औं मिनेटमा ब्यक्तिगत दोस्रो गोल गर्दै नर्वेलाई ५–१ को शानदार जित दिलाए ।