April 20, 2026, Monday
२०८३ बैशाख ७, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
साउथ इण्डियन फिल्मका चर्चित कलाकार जयप्रकाश रेड्डीको मृत्यु

साउथ इण्डियन फिल्मका चर्चित कलाकार जयप्रकाश रेड्डीको मृत्यु

भाद्र २३, एजेन्सी । साउथ इण्डियन (तेलुगू) फिल्म उद्योगका चर्चित कलाकार जयप्रकाश रेड्डीको हृदयघातबाट निधन भएको छ।

रेड्डीको आन्ध्र प्रदेशको गुंटूर जिल्लामा मंगलवार ७४ वर्षको उमेरमा निधन भएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ। जयप्रकाश कमेडी र क्यारेक्टर कलाकारका रुपमा तेलुगू सिनेमामा निकै चर्चित थिए।

Advertisement

जयप्रकाश रेड्डीले फिल्म ‘ब्रह्मपुत्रुडु’ बाट सन् १९८८ मा फिल्मी करियर सुरुवात गरेका थिए। त्यसअघि उनी प्रहरी सेवामा सब इन्सपेक्टर पदमा कार्यरत थिए।

फिल्मी करियर सुरु गरेपछि उनले प्रेमिचुकुंदम रा, गब्बर सिंह, चेन्नाकेशवारेड्डी, सीथाया र टेम्पर जस्ता लोकप्रिय फिल्ममा यादगार भूमिका निभाएका छन्। रेड्डीले सयभन्दा बढी फिल्ममा काम गरेका छन्। सन् २०२० मा प्रदर्शनमा आएको महेश बाबुको फिल्म ‘सारिलेरू नीकेभवारु’मा उनको अन्तिम अभिनय रह्यो।

रेड्डीको निधनमा आन्ध्र प्रदेशका पूर्वमुख्यमन्त्री चन्द्रबाबु नायडुले शोक व्यक्त गरेका छन्। साउथ स्टार महेश बाबु, प्रकाश राज, जुनियर एनटिआर लगायत कलाकारले पनि गहिरो शोक व्यक्त गरेका छन्।