April 26, 2024, Friday
२०८१ बैशाख १४, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
भक्तपुरको सल्लाघारीबाट १२ हजार ९ सय थान लागूऔषध बरामद

भक्तपुरको सल्लाघारीबाट १२ हजार ९ सय थान लागूऔषध बरामद

भाद्र २३, भक्तपुर । भक्तपुरको सल्लाघारीबाट प्रहरीले १२ हजार ९ सय थान लागूऔषध बरामद गरेको छ । महानगरीय अपराध महाशाखाले सो लागूऔषध ओसारपसारमा संलग्न दुईजनालाई पक्राउ गरेको महाशाखाका एसएसपी दिपक थापाले बताउनुभयो ।

नेपाल प्रहरीको अपराध महाशाखाले ठूलो परिमाणमा लागुऔषधसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसे घर भएका ३७ वर्षीय डम्बरबहादुर प्रधान र ३६ वर्षीय विष्णु प्रधान रहेका छन् । डम्बर र विष्णुले ना ३ ख ९८९ नम्बरको ट्रकमा ल्याएको ९ हजार ३ सय थान डाईजेपाम इन्जेक्सन र ३६ सय थान नाइट्रोजेपाम प्रहरीले बरामद गरेको हो ।

Advertisement

ट्रकभित्र झोला लुकाएर ल्याएको अवस्थामा ९ हजार ३ सय एम्पुल डाईजेपाम र ३६ सय थान नाइट्रोजेपाम प्रहरीले बरामद गरेको महाशाखाले जनाएको छ ।