December 11, 2025, Thursday
२०८२ मंसिर २६, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
एउटै व्वाइफ्रेन्डसँग जीवन बिताउने जुम्ल्याहा बहिनीको अनौठौ इच्छा

एउटै व्वाइफ्रेन्डसँग जीवन बिताउने जुम्ल्याहा बहिनीको अनौठौ इच्छा

एजेन्सी –  पश्चिम अष्ट्रेलिया पर्थका दुई जुम्ल्याहा महिला  अनौठो रुची र व्यवहारका कारण चर्चामा रहेका छन्। अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार आफूमा कुनै किसिमको फरक नदेखियोस भनेर उनीहरुले १लाख ३० हजार पाउण्ड खर्चिएर ओठ, आँखिभौ र स्तन समेत उस्तै बनाएका छन्।

एना र लुसी नाम गरेका ति महिलाहरु आफूहरु सुत्ने क्रममा एउटै वेडमा आफ्ना साझा व्याइफ्रेन्डलाई लिएर सुत्छन। व्याइफ्रेन्डसँग सुत्दा पनि उनीहरु दुई जना नभइ तीनजना नै हुन्छन। आफ्नो बुबालाई सन् २०१० मा गुमाएका उनीहरु आमासँग आफ्नै घरमा बस्दै आएका थिए। जहाँ उनीहरुले आफ्नो व्याइफ्रेन्डलाई शेयर गर्छन। उनीहरुको हालको व्वाइफ्रेन्ड वेन व्रायन इलेक्ट्रीकल मेकानिक पनि पर्थकैं भएको समाचार अनलाइन पर्थनाउले जनाएको छ।

Advertisement

एक जुम्लयाहा एना र लुसीले यो सम्वन्धलाई स्वाभाविक रुपमा लिएका छन्। आफूहरुले एउटै व्याइफ्रेन्ड एकैपटक शेयर गरेको पनि सहर्ष स्वीकारीन। लुीले त कतिसम्म भनेकी छन भने केटाहरुको मन र सपनामा पनि दुई गलफ्रेन्ड होस भन्ने कामना गर्छन । हामी त साच्चै दुई नै छौ। आफूहरुको सबै स्वाद र इच्छा एकै किसिमको भएको जनाउँदै उनीहरुले केटाको हकमा पनि समान इच्छा भएको जनाए। उनीहरुले भनेका छन हामी यौन सम्वन्धको वेलामा पनि सँगै हुन्छौ। हामीले एउटै मान्छेलाई मन पराएका छौँ भने सँगै हुने कुरामा केको अप्ठ्यारो।

उनीहरुलाई छुट्याउने अनुहारको चिन्ह पनि अहिले उनीहरुले मेटाइसकेका छन्।