May 12, 2026, Tuesday
२०८३ बैशाख २९, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
ग्रिसमा अनिवार्य मास्कको प्रयोगको विरोधमा हजारौँको संख्यामा मानिसहरु सडक उत्रिएर विरोध

ग्रिसमा अनिवार्य मास्कको प्रयोगको विरोधमा हजारौँको संख्यामा मानिसहरु सडक उत्रिएर विरोध

विश्वका शक्तिशाली राष्ट्रले समेत कोरोना भाइरस महामारीबाट पार पाउन सकेका छैन्न् । तर, आइतबार यूरोपियन मुलुक ग्रिसको थेस्सलोनिकीको सडकमा भने फरक दृश्य देखियो ।

कोरोना महामारीबाट बच्न विद्यालय जाने बालबालिकालाई गरिएको अनिवार्य मास्कको प्रयोगको विरोधमा हजारौँको संख्यामा मानिसहरु सडक उत्रिएर विरोध नै गरे ।

Advertisement

थेस्सलोनिकीको सडकमा करिब तीन हजार प्रदर्शनकारीहरु सडकमा ओर्लिएको बताइएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार मास्क प्रयोगको विरोधमा ग्रिसका अन्य शहरहरुमा पनि प्रदर्शन गरिएको थियो ।

प्रर्दशनमा उत्रिएका अधिंकाश मानिसहरु मास्क विनाकै देखिन्थे । ग्रिसमा सरकारले सेप्टेम्बर १ बाट विद्यालय खोल्ने अनुमति दिएको छ । तर, शिक्षक र विद्यार्थीहरुले अनिवार्य मास्क लगाउनुपर्ने त्यहाँको स्वास्थ्य मन्त्रालयले आदेश दिएको छ ।

ग्रिसमा पनि संक्रमणलाई नियन्त्रणमा लिने प्रयास जारी छ । यसअघि २६ फेब्रुअरीमै ग्रिसमा कोरोना भाइरसको पहिलो केस फेलापरेको थियो ।

तत्काल सरकाले लकडाउन घोषणा ग-यो । त्यसपछि अप्रिलको मध्यतिर बिस्तारै लकडाउन खुकुलो भएको थियो । अहिले सुपर मार्केट, क्याफे, बैंक तथा सरकारी कार्यालय पुरानै अवस्थामा फर्किएका छन् ।

जोन हप्किन्स विश्व विद्यालयको तथ्याङ्क अनुसार ग्रिसमा हालसम्म २ सय ८४ जना व्यक्तिले कोरोनाका कारण ज्यान गुमाएका छन् ।