April 18, 2026, Saturday
२०८३ बैशाख ५, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
चितवन सिडिओको धम्किपूर्ण अभिव्यक्ति प्रेस युनियन शाखाकाे आपत्ति

चितवन सिडिओको धम्किपूर्ण अभिव्यक्ति प्रेस युनियन शाखाकाे आपत्ति

भदौ २३, चितवनका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराइले पत्रकारलाई धम्किपूर्ण अभिव्यक्ति दिएको प्रति नेपाल प्रेस युनियन चितवन शाखाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आज एक बिज्ञप्ती जारी गर्दै प्रेस युनियन शाखाले पत्रकारलाई दिएको भभिव्यक्ति प्रति आपत्ति जनाएको हो ।

सोमबार न्यूज २४ कर्मी केदार शर्माले युरिया मलमा कालोबजारी भएको घटनाप्रति बुझ्न टेलिफोन गर्दा प्रजिअ भट्टराईले सत्य तथ्य जानकारी दिनको साटो उल्टै धम्कीपूर्ण भाषा प्रयोग गर्दै गाली गर्नुभएको थियो ।

Advertisement

७५० मा लिइएको मल १२५० मा बेचबिखन भइरहेको बारेमा प्रश्न गर्दै तपाई आपूर्ति संयोजक भएकोले ययसबारे भनिदिनुहोस् न भन्ने प्रश्नमा प्रजिअ भट्टराईले – “म के केको संयोजक हो होइन तपाईले बताइरहनु पर्छर ? मलाई तपाईले सूचना दिनुभयो धन्यवाद, तर तपाई धेरैउ नगर्नुहोस् उल्लेखित आरोपहरु लगाइएका छन् । तपाई सतर्क रहनुहोला ।”

सोमबार युरिया मलमा कालोबजारी भएको समाचार आएका थिए । सो बारे समाचार संकलनका लागि टेलिफोन गर्दा प्रजिअले धम्कीपूर्ण अभिव्यक्ति दिनुभएको हो ।

नेपाल प्रेस युनियन चितवन शाखाले जिल्लामा मलको कालोबजारी रोक्न नसक्ने प्रशासन उल्टै पत्रकारमाथि खनिनुलाई शंकाको रुपमा हेरेको जनाएको छ ।
युनियनका अध्यक्ष अनिल ढकालद्धारा जारी बिज्ञप्तिमा प्रजिअको अभिव्यक्तिले स्वतन्त्र पत्रकारितामाथि अबमुल्यन भएको जनाइएको छ ।