May 8, 2024, Wednesday
२०८१ बैशाख २६, बुधबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
तीन हजार विद्यालयमा दशैं अघि परीक्षा गरीने

तीन हजार विद्यालयमा दशैं अघि परीक्षा गरीने

भाद्र २४, काठमाडाैं । राष्ट्रिय परीक्षा बोर्डले सरकारले अनुमति दिए ३ हजार १ सय विद्यालयमा दशै अघि नै कक्षा १२ को परीक्षा सञ्चालन गर्न सक्ने दाबी गरेको छ ।

सय भन्दा कम विद्यार्थी रहेका ती विद्यालयमा दशै अघि परीक्षा लिनसक्ने बोर्डले दावी गरेको छ । सय भन्दा बढी विद्यार्थी भएका करिब १ हजार १ सय विद्यालयमा कोभिड–१९को नियन्त्रणको अवस्था हेरेर दशै लगत्तै र तिहारपछि परीक्षा लिन सकिने बोर्डले जनाएको छ ।

Advertisement

कोभिड–१९ को कारण स्थगित कक्षा १२ को परीक्षा गर्न तयार गरेको विकल्पमा कार्तिक लागेपछि हिमाली र केही उच्च पहाडी जिल्लामा परीक्षा लिन नसकिने निष्कर्ष बोर्डले निकालेको छ ।

बोर्डका अध्यक्ष प्राडा चन्द्रमणी पौडेलले मन्त्रिपरिषदको बैठकले परीक्षाको विषयमा चाडै निर्णय गर्न आग्रह गर्नुभएको छ । उहांले भन्नुभयो–हामीसंग प्रशनपत्र उत्तरपुस्तिका तयारी अवस्थामा छ । विद्यालयमा पु¥याएर परिक्षा गर्न असम्भव देखिदैन ।