May 12, 2024, Sunday
२०८१ बैशाख ३०, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
अर्को कीर्तिमान बनाउन सफल रोनाल्डो

अर्को कीर्तिमान बनाउन सफल रोनाल्डो

एजेन्सी- पोर्चुगलका स्टार फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोले राष्ट्रिय टिमबाट सय गोलको कीर्तिमान पूरा गरेका छन् ।

नेसन्स लिगअन्तर्गत गएराति भएको खेलमा स्विडेनविरुद्ध दुई गोल गर्दै रोनाल्डोले एक सय गोलको कीर्तिमान पूरा गरेका हुन् । स्विडेनसँगको खेलमा पहिलो हाफमा फ्री किकमार्फत गोल गरेका रोनाल्डोले दोस्रो हाफमा पेनाल्टीमा गोल गरेका थिए । हिजो गोल संख्या एक सय एक पुर्‍याएका रोनाल्डो राष्ट्रिय टिमबाट सय गोल पूरा गर्ने पहिलो युरोपेली फुटबलर बनेका छन् ।

Advertisement

राष्ट्रिय फुटबल टिमबाट इरानका अली डेईलेमात्र रोनाल्डो भन्दा बढी एक सय नौ अन्तराष्ट्रिय गोल गरेका छन् ।