कोरोनाको त्रासमा मनोवैज्ञानिक असरबाट कसरी बँच्ने
चितवन–कोरोनाको संक्रमण बढ्दै गर्दा संक्रमित, तिनका आफन्त र सर्वसाधारणमा मनोवैज्ञानिक असर पर्न सक्छ। समयमै सचेत हुनसके यसको असर रोक्न सकिने विज्ञहरु बताउँछन्।
कोरोना संक्रमणका कारण मन आत्तिने, डिप्रेसनजस्ता समस्या देखिने गरेको चिकित्सकले जनाएका छन्। चितवन मेडिकल कलेजका मनोरोग विशेषज्ञ प्रा डा सिपी सेढाइँका अनुसार कोरोना संक्रमण बढ्दै गएपछि मुटु ढुकढुक गर्ने, डर लाग्ने, निसास्सिएको महसुस हुने, बढी पिसाब फेर्न मन लाग्ने, मनमा अनावश्यक चिन्ता लाग्ने, एक्लै बस्न मन लाग्ने, भित्री मन खुसी नरहने, निन्द्रा नपर्ने, हरेक कुरालाई नकारात्मक दृष्टिबाट हेर्ने जस्ता समस्या आएका छन्।
यस्तै शरीर झमझमाउने, टाउको दुख्ने, घाँटीमा अड्किएजस्तो हुने, शरीर अप्ठ्यारो महसुस हुने, कोरोना भाइरस लागेजस्तो भान हुनेलगायतका समस्या लिएर मानिसहरु उपचारका लागि आउन थालेको उनले जानकारी दिए। उनले भने, ‘एउटै कुरा दोहाेर्याई तेहेर्याई सोच्ने, कन्भर्सन डिसअर्डर, पिटिएसडी जस्ता समस्या लिएर मानिसहरु आउन थालेका छन्।’
कतिपय मानिस मनमा तनाव हुनाले मदिरा सेवन गर्ने तथा दुव्र्यसनीमा फस्ने खतरा बढ्ने उनको भनाइ छ। मानसिक रोगबाट बँच्न एउटै कुरामा गहिरिएर नसोच्ने, मनको कुरा अरुलाई भन्ने बानी गर्दा पनि तनावमुक्त भइने सेढाइँको सुझाव छ।
प्रतिकृया दिनुहोस्