May 3, 2024, Friday
२०८१ बैशाख २१, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
लगातार फ्रान्सको दोस्रो जित

लगातार फ्रान्सको दोस्रो जित

काठमाडौं-फ्रान्सले नेसन्स लिग फुटबलमा लगातार दोस्रो जित निकालेको छ। बुधबार बिहान सम्पन्न खेलमा विश्वविजेता फ्रान्सले क्रोसियालाई ४–२ गोलअन्तरले पराजित गरेको हो।

घरेलु टोली फ्रान्सको जितमा एन्टोनी ग्रिजम्यान, डायोट उपमेकानो र ओलिभर जिराउडले गोल गरे। एक गोल भने फ्रान्सले उपहारस्वरुप पाएको थियो। क्रोसियाका लागि भने डिजन लोभरेन र जोसिप ब्रेकालोले गोल फर्काए।

Advertisement

सुरुवाती अग्रता भने क्रोसियाले लिएको थियो। खेलको १६औं मिनेटमा डिजनले गोल गर्दै क्रोसियालाई १-० गोलको अग्रता दिलाए। तर खेलको ४३औं मिनेटमा ग्रिजम्यानले गोल गर्दै फ्रान्सलाई १–१ गोलको बराबरीमा ल्याए।