May 6, 2026, Wednesday
२०८३ बैशाख २३, बुधबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
खुकुलो बनाउँदै लम्ब्याउने तयारी उपत्यकाको निषेधाज्ञा

खुकुलो बनाउँदै लम्ब्याउने तयारी उपत्यकाको निषेधाज्ञा

काठमाडौं – उपत्यकामा तीन सातादेखि जारी निषेधाज्ञा केही खुकुलो बनाउने तयारी गरिएको छ।  पछिल्लो पटक भदौ १८ गते थपिएको निषेधाज्ञाको समय आज राति १२ बजे सकिने भएकाले केही खुकुलो पार्दै लम्ब्याउने तयारी गरिएको हो। 

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले निषेधाज्ञाबारे आज निर्णय गरिने जानकारी दिए। कोरोना संक्रमण दर कम नभएकाले प्रमुख जिल्ला अधिकारीहरु निषेधाज्ञा थप गरेर जानुपर्ने पक्षमा छन्। तर उद्योगी व्यवसायीले भने अब आवश्यक स्वास्थ्य मापदण्ड पालना गर्दै निषेधाज्ञा हटाउनुपर्ने माग गरेका छन्। 

Advertisement

उपत्यका नगरपालिका फोरमले पनि उपत्यका प्रवेश गर्ने नाकामा कडाइ गर्दै निषेधाज्ञा खुकुलो बनाउनुपर्ने सुझाव दिएको छ। फोरमले तत्काल सार्वजनिक यातायात सञ्चालन गर्ने अवस्था नरहे पनि निजी सवारीसाधनलाई भोलिदेखि जोर–विजोर प्रणालीमा संचालन गर्न दिइनुपर्ने भनेको छ। विभिन्न सुझावहरु प्राप्त भएको र गृह मन्त्रालयसँग पनि हिजो छलफल भइसकेकाले आज तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीले अन्तिम परामर्श गरी निषेधाज्ञाबारे सूचना जारी गर्ने काठमाडौंका प्रमुख जिल्ला अधिकारी दाहालले बताए।