May 3, 2024, Friday
२०८१ बैशाख २१, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
भारतमा ८६ वर्षीया वृद्धामाथि बलात्कार

भारतमा ८६ वर्षीया वृद्धामाथि बलात्कार

भाद्र २५, एजेन्सी । भारतमा प्रत्येक वर्ष हजारौं बलात्कारका घटनाहरू दर्ता हुन्छन्, तर त्यहाँ केहि यस्ता घटनाहरू छन् जसले समाजलाई हल्लाउँछन्। त्यस्तै एउटा घटना, जसमा एक जना व्यक्तिले ८६ वर्षीया महिलालाई बलात्कार गरेका छन् ।

दिल्ली महिला आयोगकी प्रमुख स्वाति मालीवालका अनुसार ती वृद्धा महिला साँझ घरबाहिर दुध ल्याउने मान्छेलाई पर्खिरहेकी थिइन् । सोही समयमा एउटा मानिसले उसलाई भन्यो, जो दिनहुँ दुध दिन आउँदछ ऊ आउँदैन र म अर्को ठाउँमा लगिदिन्छु जहाँबाट दूध पाउन सकिन्छ। ती वृद्धा महिलाले त्यो पुरुषमाथि भरोसा गरिन र गइन् । ती पुरुषले वृद्धालाई नजिकैको फार्ममा लगे र उनलाई बलात्कार गरे।

Advertisement

उनी रोइन् र रिहाइको लागि बिन्ती गरिरहेकी छन् तर त्यो व्यक्तिले उसको कुरा सुनेन।उनले आफूलाई छुटाउने प्रयासमा ती व्यक्तिलाई कुटिन् पनि । त्यहाँबाट हिँडिरहेका केही मानिसहरुले उनको आवाज सुनेपछि उनलाई बचाउन गए । उनीहरुले नै अभियुक्तलाई प्रहरीलाई सुम्पिए । स्वाति मालीवाल मंगलबार पीडितको घरमा गइन्, उनले भनिन्, उनको घरमा पुगेपछिको दृश्यले झन् निराशा र मन कुड्यायो ।

‘उनको हातभरी चाउरी थिए । जब तपाईं उनको कहानी सुन्नुहुन्छ नि तपाईंको मन दुख्नेछ । उनको अनुहार र शरीरमा चोटका निशान छन् र उनले मलाई भनिन् कि उनको रगत पनि बग्यो । उनी निकै भयभित छिन् ।’

स्वाति मालीवालले आरोपितलाई फाँसीको माग गरेकी छिन्। उनले भनिन्म, ‘दिल्ली उच्च न्यायालय र एलजीलाई चीफ जस्टिसलाई पत्र लेख्दै छु कि यस मुद्दाको द्रुत ट्र्याक अदालतमा सुनुवाई होस् र आरोपीलाई छ महिना भित्र फाँसी दिइनेछ।’ एजेन्सीको सहयोगमा