April 26, 2024, Friday
२०८१ बैशाख १४, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
गण्डकीमा थप ४९ जनामा कोरोना भाइरस संक्रमण

गण्डकीमा थप ४९ जनामा कोरोना भाइरस संक्रमण

काठमाडौँ- कास्कीको पोखराका १९ जनासहित गण्डकी प्रदेशका ६ जिल्लामा थप ४९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

संक्रमित हुनेमा २ जना पोखराको पश्चिमाञ्चल सामुदायिक अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र २ जना नेपाली प्रहरी रहेको जनाइएको छ ।

Advertisement

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले आज जारी गरेको विज्ञप्ति अनुसार कास्कीका १९, स्याङ्जाका १२, बागलुङका ९, नवलपरासी(बर्दघाट सुस्ता पूर्व)का ५ जना, तनहुँका ३ र पर्बतका १ जनामा संक्रमण पुष्टि भएको छ ।

संक्रमित हुनेहरूमा पोखरा महानगरपालिका विभिन्न ६ वडाका १० पुरूष र ९ महिला छन् । उनीहरू ९ वर्षका बालदेखि ५९ वर्षसम्मका छन् ।