May 13, 2026, Wednesday
२०८३ बैशाख ३०, बुधबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
आफ्नो गुटमा नलागेपछि पार्टीभित्रैबाट प्रहार भयोः अर्याल

आफ्नो गुटमा नलागेपछि पार्टीभित्रैबाट प्रहार भयोः अर्याल

काठमाडौं–भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले जनपक्षीय कार्य गर्दा पार्टीभित्रैबाट प्रहार हुँदै आएको बताएकी छन्।

खेतीयोग्य जग्गामा कित्ताकाट खुला गरेपछि पार्टीभित्र र बाहिरबाट आलोचना भएपछि अर्यालले यस्तो प्रतिक्रिया दिएकी हुन्। पार्टीभित्र आफ्नो कार्यको विरोध भएपछि उनले भनिन्, ‘पार्टीभित्रैबाट प्रहारको निशाना बनाउनुको एउटा अन्तर्य मेरो बद्नाम गराएर कमजोर पार्नु हो।’ 

Advertisement

पार्टीभित्रको गुटले गर्दा पनि विरोध भएको उनले बताइन्। ‘कतिपयलाई आफ्नो गुटमा नलागेको स्वाद फेर्नु छ। कतिपयलाई कामबाट नेता स्थापित बनेको मन परेको छैन,’ उनले भनिन्, ‘पार्टी बाहिरकालाई सरकारको बदनाम गर्नु, असफल सिद्ध गर्नु र जनतामा निराशा पैदा गर्नु दिनचर्या र नियोजित कार्य छँदैछ।’

पारिवारिक अंशबण्डा गर्न पनि असहज हुँदा जनताले सास्ती पाएकाले खुलाउनु परेको उनले स्पष्टीकरण दिइन्।