April 19, 2026, Sunday
२०८३ बैशाख ७, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
नेकपाका नेतालाई सामाजिक सञ्जालमाथि कडाई

नेकपाका नेतालाई सामाजिक सञ्जालमाथि कडाई

काठमाडौँ – सत्तारुढ दल नेपाल कम्युष्टि पार्टी (नेकपा) ले नेता तथा कार्यकर्ताहरुलाई सामाजिक सञ्जालमा जथाभावी लेख्न प्रतिबन्ध लगाएको छ ।

अधयक्षद्वय केपी शर्मा अ‍ोली र पुष्पकमल दाहाल प्रचण्डले शुक्रबारका लागि बोलाइएको स्थायी कमिटी बैठकका लागि तयार पारेको सामूहिक प्रस्तावमा पार्टीको कामकारबाहीबारे चित्त नबुझ्दा अर्थात नेताहरुबीच व्यक्तिगत रिसिइबी साँध्नका लागि सामाजिक सञ्जालको दुरुपयोग बढेको भन्दै त्यसमाथि थप प्रतिबन्ध लगाइएको हो ।

Advertisement

‘पार्टीको नीति, नेता र कार्यकर्ताकाविरुद्ध सामाजिक सञ्जालमा जथाभावी लेख्ने र पार्टी हित विपरित गतिविधि गर्ने प्रवृतिलाई कडाईका साथ रोक्न जिम्मेवार कमरेडहरु र सम्बद्ध सबैलाई निर्दशित गर्छ,’ प्रस्तावमा भनिएको छ ।

त्यस्तै पार्टीको आन्तरिक विवादका कारण तिनै तहका सरकारको काममा समेत फैलिँदै गएको गुटबन्दी नियन्त्रण गर्न पनि निर्देशति गरिएको छ । पछिल्लो समय नेकपाभित्र गुटबन्दी मौलायउँदै गएको र शीर्ष नेताहरु नै गुटबन्दी बाँधेर नेतृत्वविरुद्ध संगठित हुन थालेपछि पार्टीले थप कडाई गरेको हो ।

‘पार्टीमा गुटबन्दी तथा अनुशासनहीनतता अन्त्य गर्न, विधि तथा पद्धती स्थापित गर्न र नेता कार्यकर्ता तथा जनप्रतिनिधिहरुको कार्यशैली र जीवनशैलीलाई मार्गदर्शन गर्न विगतमा तय गरिएको आचारसंहितालाई परिमार्जन गरी कडाइका साथ लागू गर्ने निर्णय गरेको छ’, प्रस्तावमा भनिएको छ