May 12, 2026, Tuesday
२०८३ बैशाख २९, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
लद्दाखमा पहाड : चीनले प्रभुत्व जमाउनु अघि भारतीय सेनाले कब्जा गरेको दाबी

लद्दाखमा पहाड : चीनले प्रभुत्व जमाउनु अघि भारतीय सेनाले कब्जा गरेको दाबी

भाद्र २६, काठमाडाैं । भारत र चीनबीच लद्दाखको तनावलाई लिएर तनाव बढीरहेको छ । भारतका सेनाले सीमा क्षेत्र लद्दाखअन्तर्गत चीनतर्फ पर्ने पेङगान्स त्सो तातालको किनारमा धेरै चुचुराहरू कब्जा गरेको छ। स्रोतहरूले भने कि भारतीय सेनाले अगस्टको अन्तमा उच्च उचाई क्षेत्रहरू कब्जा गर्न तालको दक्षिणबाट अपरेसनहरू सुरू गरेको दाबी गरेको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार पहिले चीनका सेनाको बाक्लो उपस्थिति रहेको पेङगान्स तालको उत्तरी क्षेत्रस्थित फिंगर ४ देखि फिंगर ८ सँगै कैयौं पहाडी क्षेत्र अहिले भारतका सेनाले कब्जा गरेको हो।

Advertisement

पेङगान्स ताल क्षेत्रको उत्तरी इलाकामा चीनले पनि आफ्नो सेनाको तैनाथी बढाउँदै लगेको छ। तर दक्षिणी क्षेत्रमा चीनका सैनिक पराजित भएको र उत्तरी क्षेत्रमा आफ्नो सैनिक संख्या बढाइरहेको भारतका सेनाले दाबी गरेको हो।

यसअघि अगस्ट २९–३० राति चीनका सेनाले पेङगान्स तालको दक्षिणतर्फ पहाड कब्जा गर्न खोजेको थियो। त्यसबेला दुई देशका सैनिक आमनेसामने भएका थिए। यही सेप्टेम्बर १ मा पनि चीनका सेना घुसपैठ गर्न खोजेको तर भारतीय सेनाले त्यसलाई रोकेको भारतका सेनाको आरोप छ । सेप्टेम्बर ७ मा पनि चीनका सेना भारतका पोस्टतर्फ आगडि बढेको उनीहरुको आरोप रहेको छ ।

यही क्रममा चेतावनी स्वरूप भारतका सेनाले फायरिङ गरेको थियो। अहिले उक्त क्षेत्रमा दुवै देशका सेना ‘हाई अलर्ट’मा रहेको बताइएको छ । भारतीय सिपाहीहरू उक्त ठाउँको नजिकै रहेको र चीनका सबै कार्यहरूमा नजर राखेका बताइएको छ ।