April 25, 2024, Thursday
२०८१ बैशाख १३, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
रुस, चीन र इरानका ह्याकरको निसानामा ट्रम्प र बाइडन

रुस, चीन र इरानका ह्याकरको निसानामा ट्रम्प र बाइडन

भदौ २६, माइक्रोसफ्टले रुस, चीन र इरानका लागि काम गर्ने ह्याकरहरूले अमेरिकामा आउँदो नोभेम्बरमा हुने राष्ट्रपतीय चुनाव अभियानमा संलग्न रहेका व्यक्ति र समूहहरूको सूचना अनधिकृत रूपमा लिने प्रयास भएको बताएको छ।

उक्त प्रविधि कम्पनीले सन् २०१६ को राष्ट्रपतीय चुनावमा डेमोक्र्याटिकको चुनावी अभियानको तथ्याङ्क अनाधिकृत रूपमा चोर्नेमा रुसी ह्याकरहरू पनि सामेल रहेको जनाएको छ।

Advertisement

होमल्याण्ड सेक्युरिटी मन्त्रालयका साइबरसम्बन्धी उच्च अधिकारी क्रिस्टोफर क्रेब्सले यसअघि गुप्तचर समुदायले भन्दै आएको कुराकै पुष्टि माइक्रोसफ्टले गरेको बताएका छन्।

चुनावलाई लक्षित गर्दै विदेशी समूहरूले आफ्ना प्रयासहरू बढाएको छ, माइक्रोसफ्टले स्पष्ट रुपमा उल्लखे गरेको छ । राष्ट्रपति डोनल्ड ट्रम्प र उनका प्रतिस्पर्धी डेमोक्र्याट जो बाइडन दुवैका चुनावी अभियानहरू साइबर हमलाकारीको दृष्टिमा परेको बताइएको छ।

माइक्रोसफ्टले आफ्नो विज्ञप्तिमा भनेको छ( स्ट्रनटियम समूहका रुसी ह्याकरहरूले अमेरिकी दुवै राजनीतिक पार्टी रिपब्लिकन र डेमोक्र्याटहरूसँग जोडिएका दुईसय भन्दा बढी सङ्गठनहरूलाई लक्षित गरेको छ।

साइबर हमला गर्ने त्यही समूहले नै ब्रिटेनको पनि राजनीतिक पार्टीहरूलाई निसानामा पारेको बताइएको छ । तर ती कुन पार्टी भनेर नाम चाहिँ खुलाइएको छैन।

स्ट्रनटियमलाई फ्यान्सी बियरको नामले पनि चिनिन्छ जुन रुसी सेनाको गुप्तचर निकाय जीआरयुसँग आवद्ध रहेको बताइन्छ।

उक्त प्रविधि कम्पनीका अनुसार चिनियाँ ह्याकरहरूले बाइडनको चुनावी अभियानसँग सम्बन्धित व्यक्तिहरूलाई लक्षित गरेका छन् भने इरानका ह्याकरहरूले भने ट्रम्पको अभियानसँग सम्बन्धित मानिसहरूलाई लक्षित गर्ने निरन्तरको प्रयास गरिरहेका छन्। माइक्रोसफ्टका अनुसार धेरैजसो साइबर हमलाहरू सफल भएका छैनन्।

माइक्रोसफ्टका उपप्रमुख टम बर्टले भने, ूयी गतिविधिहरूले के देखाएको छ भने चुनाव हुने दिन नजिकिँदै गर्दा राजनीतिक प्रक्रियामा संलग्न भएका मानिसहरू र सङ्गठनहरूले हमलाबाट आफूलाई जोगाउनका लागि थोरै खर्च लाग्ने सुरक्षाका साधनहरूको फाइदा लिनुपर्छ।ू

चिनियाँ समूहले बाइडेनको अभियानमा आवद्ध रहेका मानिसहरूको व्यक्तिगत इमेल खाताहरूमा हमला गरेको माइक्रोसफ्टले बताएको छ। त्यसबाहेक ट्रम्प प्रशासनसँग पहिला रहेका कम्तीमा एकजना प्रभावशाली व्यक्तिको पनि सूचना ह्याक भएको उसले जनाएको हो।

सुरक्षासम्बन्धी ब्लगमा माइक्रोसफ्टले फ्यान्सी बियर नामक रुसी ह्याकरहरू र फोसफोरस नामक इरानी ह्याकरहरूले राष्ट्रपति ट्रम्पको चुनावी अभियानमा काम गर्ने कर्मचारी र राजनीतिक संगठनहरूमाथि हमला गरेको जनाएको छ । जिरकोनियम नामक चिनियासँग सम्बन्धित ह्याकरहरूले चाहिँ डेमोक्रेटिक र रिपब्लिकन दुवै पार्टीका अभियानसँग जोडिएका व्यक्तिहरूलाई निसानामा पारेको माइक्रोसफ्टले जनाएको हो।

माइक्रोसफ्टका अनुसार धेरैजसो ह्याक गर्ने अर्थात् अनधिकृत रूपमा सूचना लिने प्रयासहरू विफल भएका छन्। (एजेन्सीको सहयोगमा)