May 30, 2026, Saturday
२०८३ जेष्ठ १७, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
काेराेनाविरूद्ध भ्याक्सिन निर्माणमा डब्ल्यूएचओलाई सहयोग गर्नुहाेस -एन्टोनियो गुटारेस

काेराेनाविरूद्ध भ्याक्सिन निर्माणमा डब्ल्यूएचओलाई सहयोग गर्नुहाेस -एन्टोनियो गुटारेस

भदाै २६, संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटारेसले कोरोना भाइरसविरुद्धको भ्याक्सिन निर्माण तथा उपचारका लागिविश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) लाइ सघाउन अनुराेध गरेका छन् । गुटेरेसले डब्ल्यूएचओकाे  नेतृत्वमा भइरहेकाे ‘एक्सेस टू कोभिड-१९ टुल्स एक्सिलेरेटर’ नामक अभियानलाई आर्थिक सहयोग गर्न अपिल गरेका हुन् ।

एक्सिलेरेटर (परिषद्) आरम्भ भएको अवसरमा सम्बाेधन गर्दै गुटेरेसले विश्व समुदायसँग सहयोगको अपिल गरेका हुन् । उनले अहिले सुस्ताएकाे संसारलाई पहिलाजस्तै गतिशील, कार्यशील र समृद्ध बनाउन सर्वप्रथम कोरोनालाई जित्नुपर्ने धारणा राखे । यसका निम्ति ठूलो धनराशि आवश्यक पर्ने हुनाले सहयाेग गर्न अपि गरे ।

Advertisement

अभियान सफल पार्न ३५ अर्ब डलर आवश्यक रहेकाे बताउँदै उनले भने, ‘आगामी तीन महिनाभित्र १५ अर्ब डलर चाहिन्छ, यो रकमले भ्याक्सिन निर्माण तथा उपचार पद्धति विकासका लागि अनुसन्धानलाई अगाडि बढाउन सकिने छ ।’  ३ अर्ब अमेरिकी डलर भने पहिले नै जुटिसकेको उनकाे भनाइ छ ।